काठमाडौं १७ सवउन । पार्टीभित्रको आन्तरिक विषय बाहिर बोलेको भन्दै नेकपा ९माओवादी केन्द्र०का उपमहासचिव जनार्दन शर्मालाई आत्मलोचना गर्न नेताहरूले चेतावनी दिएका छन् ।
जारी स्थायी समिति बैठकमा शनिबारको खाजा खाने बेलासम्म बोल्ने अधिकांश नेताले शर्माले पार्टीभित्रको कुरा बाहिर सार्वजनिक गरेकोमा असन्तुष्टि जनाएको बताइएको छ।
स्थायी समिति सदस्य गणेशमान पुनले कमिटीको कुरा बाहिर लगेर गलत गरेको बताए। यस्तै उनीपछि धारणा राखेकी सत्या पहाडी र कमला रोकाले पनि पुनकै कुरामा समर्थन जनाउँदै अहिले माओवादी एकजुट भएको सन्देश दिने बेलामा पार्टीभित्र गुट रहेको देखाएर उपमहासचिव शर्माले राम्रो नगरेको टिप्पणी गरेका थिए।
बैठकमा अहिलेसम्म कुलप्रसाद केसी, जोख बहादुर महरा, खगराज भट्ट, विश्वनाथ साहसहित १९ जना बोल्दा शर्माको पक्षमा कोही पनि नबोलेका बैठकमा रहेका एक नेताले बताए।
‘अब पदाधिकारीका केही नेता बोल्न बाँकी छ,’ ती नेताले नेपालखबरसंग भने, ‘अहिलेसम्म बोल्ने धेरै नेताले जनार्दन कमरेडले सार्वजनिक मञ्चबाट पार्टी अध्यक्षविरुद्ध बोल्न नहुने भन्दै कमिटी बैठकमा आफ्ना धारणा सच्याउन सुझाव दिनुभएको छ।’
साउन ६ गते काठमाडौँमा आयोजित पुष्पलाल स्मृति दिवसको भएको कार्यक्रममा प्रचण्डको नाम नलिइ आलोचना गरेका थिए।
उनले नेताहरूको सम्पत्ति छानबिन गर्न स्वतन्त्र निकायलाई दिनुपर्नेदेखि कम्युनिस्ट नेतामा मनमोहन अधिकारी बाहेक अन्य सबै नेताले असुली धन्दा चलाएको टिप्पणी गरेका थिए।
स्थायी समितिको आजको बैठक सकिएको छ। शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरुले धारणा राख्ने क्रम नसकिएपछि भोलि फेरि ११ बजे बस्नेगरि सकिएको हो।
बैठकमा अहिलेसम्म २५ जनाले धारणा राखेको बताइएको छ। जसमा ५ पदाधिकारी बोलीसकेका छन्।
बैठकमा बोल्ने अधिकांशले उपमहासचिव जनार्दन शमाले नेतृत्वबारे पार्टीबाहिर बोलेर गल्ती गरेको भन्दै आत्मलोचना गर्न सुझाव दिएका थिए।
सचिव राम कार्की र स्थायी समिति सदस्य परशुराम तामाङले भने जनार्दन शर्माको पक्षमा बोलेका थिए। शर्मा स्वयं भने बोल्न बाँकी छ।
माओवादी स्थायी समिति बैठकमा पदाधिकारीसहित ४६ जना सदस्य छन्।
पार्टीभित्रको मतभेदले विभाजनको दिशा लिँदैन : वर्षामान पुन
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीभित्र देखा परेका असमझदारी र मतभेदले संगठनमा विभाजन ल्याउने सम्भावना नरहेको बताएका छन् ।
पार्टी केन्द्री कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पुनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरद्वन्द्वलाई सञ्चार माध्यम र केही व्यक्तिहरूले अतिरञ्जित गरेर प्रस्तुत गरिरहेको दाबी गरे ।
‘पार्टीभित्र उत्पन्न हुने सामान्य मतभेदलाई व्यवस्थापन गर्दै अघि बढ्ने हाम्रो अभ्यास हो’, पुनले भने, ‘यस्ता विषयहरू बाहिर जति हल्ला गरिए पनि, त्यसले पार्टी विभाजनसम्म पुर्याउँछ भन्ने भ्रम साँचो होइन, अध्यक्ष प्रचण्डकै नेतृत्वमा पार्टीलाई थप एकताबद्ध गर्दै लैजानेछौँ ।’
उनले विचारमा समानता भएका अन्य दलहरूसँग भविष्यमा एकता प्रयास भइरहेको बताए । पुनका अनुसार, नेकपा एकीकृत समाजवादी, नेकपा लगायतका दलहरूसँग पार्टी एकताको विषयमा निरन्तर छलफल र संवाद चलिरहेको छ।
‘समाजवादी मोर्चामा आवद्ध दलहरूसँग समन्वय गर्दै हामी एकताको सम्भाव्यता खोजिरहेका छौँ, विचार र प्रवृत्ति मिल्नेहरूसँग स्वाभाविक रूपमा एकता सम्भव छ’, उनले थपे, ‘तर केही मानिसहरू यस्तो प्रक्रियामा अवरोध सिर्जना गर्न चाहन्छन्, भ्रम फैलाउँछन् । तर हामी संयमित ढंगले छलफललाई अघि बढाइरहेका छौँ ।’
पुनले पार्टीले औपचारिक एजेन्डाका रूपमा एकताको विषयलाई अघि सारेको बताए । बैठकको अन्त्यमा साझा निष्कर्षमा पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ ।








प्रतिक्रिया दिनुहोस्