ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाइजेरियाको बोर्नो राज्यमा आईएस समूहमा आवद्ध लडाकूबाट आक्रमण : किसान र बालबालिका गरी १५ जनाको ज्यान गयो


abc news
श्रावण १७, २०८२ शनिबार   ३ : ०९   बजे

काठमाडौ १७ साउन । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा आईएस समूहमा आवद्ध लडाकूले किसान र बालबालिकाको हत्या गरेको जिहादी विरोधी समूहका सदस्यले बताएका छन् ।

जिहादी द्वन्द्वको केन्द्रविन्दु बोर्नो राज्यमा इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रान्तका लडाकूले जीप र रिक्सामा चढिरहेका किसान र बालबालिकाको समूहमाथि गोली हानेका उनीहरुको दाबी छ ।

हतियारधारी समूहको आक्रमणबाट कम्तीमा १५ जना किसान र बालबालिकाको ज्यान गएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

स्थानीय आत्मरक्षा समूहका अनुसार, मङ्गुनो शहर नजिक रहेको गुर्नोवा भन्ने ठाउँमा खेतबाट फर्किँदै गरेका किसान र बालबालिका चढेको गाडीमाथि अन्धाधुन्ध आक्रमण भएको थियो ।

इस्लामिक राज्य पश्चिम अफ्रिका प्रान्तसँग आवद्ध लडाकू समूहले उत्तरपूर्वी नाइजेरियामा केही वर्षयता लगातारजसो आक्रमण गर्दै आएको छ ।

स्थानीय बासिन्दाहरू मङ्गुनोमा अस्थायी शिविरमा बस्न बाध्य छन् । मङ्गुनो शहरमा अहिले हजारौं विस्थापित नागरिक सैन्य सुरक्षामा जीवनयापन गरिरहेका छन् ।

संयुक्त राष्ट्र सङ्घका अनुसार, उत्तरपूर्वी नाइजेरियामा पुनः बढ्दै गएको हिंसा, विदेशी सहायता कटौती र महँगीका कारण १० लाखभन्दा धेरै मानिस भोकमरीको चपेटामा पर्ने जोखिम छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

सम्बन्धित

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

विश्वकप डायरी : इङ्ग्ल्यान्डको शक्तिशाली सन्देश, घानाको संघर्षपूर्ण जित र पोर्चुगलको अप्रत्याशित ठेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group