ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाइजेरियाको बोर्नो राज्यमा आईएस समूहमा आवद्ध लडाकूबाट आक्रमण : किसान र बालबालिका गरी १५ जनाको ज्यान गयो


abc news

काठमाडौ १७ साउन । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा आईएस समूहमा आवद्ध लडाकूले किसान र बालबालिकाको हत्या गरेको जिहादी विरोधी समूहका सदस्यले बताएका छन् ।

जिहादी द्वन्द्वको केन्द्रविन्दु बोर्नो राज्यमा इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रान्तका लडाकूले जीप र रिक्सामा चढिरहेका किसान र बालबालिकाको समूहमाथि गोली हानेका उनीहरुको दाबी छ ।

हतियारधारी समूहको आक्रमणबाट कम्तीमा १५ जना किसान र बालबालिकाको ज्यान गएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

स्थानीय आत्मरक्षा समूहका अनुसार, मङ्गुनो शहर नजिक रहेको गुर्नोवा भन्ने ठाउँमा खेतबाट फर्किँदै गरेका किसान र बालबालिका चढेको गाडीमाथि अन्धाधुन्ध आक्रमण भएको थियो ।

इस्लामिक राज्य पश्चिम अफ्रिका प्रान्तसँग आवद्ध लडाकू समूहले उत्तरपूर्वी नाइजेरियामा केही वर्षयता लगातारजसो आक्रमण गर्दै आएको छ ।

स्थानीय बासिन्दाहरू मङ्गुनोमा अस्थायी शिविरमा बस्न बाध्य छन् । मङ्गुनो शहरमा अहिले हजारौं विस्थापित नागरिक सैन्य सुरक्षामा जीवनयापन गरिरहेका छन् ।

संयुक्त राष्ट्र सङ्घका अनुसार, उत्तरपूर्वी नाइजेरियामा पुनः बढ्दै गएको हिंसा, विदेशी सहायता कटौती र महँगीका कारण १० लाखभन्दा धेरै मानिस भोकमरीको चपेटामा पर्ने जोखिम छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com