ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी स्थायी समिति बैठक आजदेखि: १ जनालाई १० मिनेट समय


abc news
श्रावण १६, २०८२ शुक्रबार   ११ : ५६   बजे

काठमाडौ १६ साउन । माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि सुरु हुँदैछ।

शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा उपमहासचिव जनार्दन शर्माले उठाएकासहित ७ एजेन्डामाथि छलफल गर्ने कार्यसूची छ।

‘बैठकमा एकजनालाई १० मिनेट बोल्न दिने तयारी छ,’ माओवादी उपमहासचिव हरिबोल गजुरेलले भने, ‘चाहेकाजति सबैलाई बोल्न दिएर तीन दिनमा बैठक सक्ने तयारी छ।’

बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारे ‘ब्रिफिङ’ गर्नेछन्। त्यसैगरि मध्य पहाडी जागरण अभियानलाई निरन्तरता दिने, नेकपा एकीकृत समाजवादीसँगको पार्टी एकताका विषयसँगै केन्द्रीय समितिको मिति तय गर्नेलगायतका एजेण्डामाथि पनि बैठकमा छलफल हुनेछ।

यसअघि गएको बुधबार माओवादीको पदाधिकारी बैठक बसेको थियो। उक्त बैठकमा अध्यक्ष प्रचण्डले समाजवादी मोर्चामा आवद्ध दलहरूसँग एकताका लागि पहल भइरहेको बताएका थिए।

पछिल्लो समय माओवादीमा जनार्दन शर्मासहितका नेताले अध्यक्ष प्रचण्डको कार्यशैलीको आलोचना गर्दै नेतृत्व परिवर्तनको विषय उठाउन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group