काठमाडौ १६ साउन । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्षधरको राष्ट्रिय भेलाले रञ्जिता श्रेष्ठलाई हटाएर रेशमकै बुबा एवम् रञ्जिताको ससुरा लालवीर चौधरीलाई अध्यक्ष चयन गरेपछि पार्टी भित्रको विवाद चर्किएको छ ।
रञ्जिताले यो निर्णय अवैध भन्दै अमान्य हुने चेतावनी दिनुभएको छ । रञ्जिताले राष्ट्रिय भेला अवैध रहेको र त्यसले अध्यक्षबाट हटाउन नसक्ने दाबी गरेकी गर्नुभएको छ । आफू वैधानिक अध्यक्ष रहेकोले अर्को निर्णयलाई निर्वाचन आयोगले वैधता नदिने पनि उहाँको भनाइ छ ।
संरक्षक रेशम पक्षको राष्ट्रिय भेलाले आफूलाई अध्यक्षबाट हटाएपछि रञ्जिताले पनि दलको नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोध्नुभएको छ ।
रञ्जिता श्रेष्ठ पोखराको बाटुलेचौरको लिची बगानको जग्गा हडप्ने बिचौलियाको प्रपञ्चमा मुछिएपछि नागरिक उन्मुक्तिभित्र विवाद बढेको हो ।







प्रतिक्रिया दिनुहोस्