ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रञ्जितालाई हटाएर बुवा लालवीरलाई नाउपाको अध्यक्ष बनाए रेशमले


abc news
श्रावण १५, २०८२ बिहीबार   ७ : ५६   बजे

काठमाडौं, १५ साउन । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफ्ना बुवा लालवीर चौधरीलाई पार्टीको नयाँ अध्यक्ष बनाएका छन् ।

काठमाडौंमा बुधबारदेखि भएको प्रथम राष्ट्रिय भेलाबाट वर्तमान अध्यक्ष एवम् पत्नी रञ्जिता चौधरीलाई पार्टीको साधारण सदस्यबाटसमेत हटाउने निर्णय पारित गराउँदै रेशमले बुवालाई नेतृत्व सुम्पिएका हुन् ।

नाउपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलालाई दिएकी रञ्जितालाई पार्टीबाटै बिदा गर्ने निर्णय रेशमले राष्ट्रिय भेलाबाट गराएका हुन् ।

पार्टीको विवाद चलिरहेका बेला अध्यक्ष श्रेष्ठले गत आइतबार कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष बास्तोलालाई दिएकी थिइन् ।

अघिल्लो शुक्रबार बहुमत केन्द्रीय सदस्यहरूको बैठकले २४ घन्टाभित्र बैठक बोलाउन अल्टिमेटम दिएपछि कारबाहीबाट जोगिन उनले यो निर्णय गरेकी थिइन् ।

अध्यक्ष श्रेष्ठले आफू अस्वस्थ रहेको भन्दै पोखरा महानगरपालिका–६ निवासी पार्टीका वरिष्ठ नेता बास्तोलालाई कार्यवाहकको जिम्मेवारी दिएको रञ्जिताले बतएकी थिइन् ।

तर नाउपाका संरक्षक तथा उनका पति रेशम चौधरीले उनलाई अध्यक्षबाट हटाएर बुवा लालबीर चौधरीलाई पार्टीको नेतृत्व जिम्मा लगाएका छन् । रेशमले केन्द्रीय समिति बैठक फेस नगरी आफूखुसी कार्यवाहक अध्यक्ष तोक्दै हिँडेको भन्दै रञ्जितालाई हटाएका हुन् ।

रेशम पक्षको राष्ट्रिय भेलाले बुधवार साँझ रन्जितालाई हटाउने निर्णय गरेको थियो । रञ्जिताले आफूखुसी गरेको भन्दै रिसाएका रेशमले अब पार्टीमा पनि सम्बन्ध तोडेका हुन् । नागरिक उन्मुक्ति २०७९ को पहिलो चुनावबाटै आश्चर्यजनक रूपमा उदाएको थियो । उसले प्रतिनिधिसभामा चार सिट जितेको थियो । उता सुदूरपश्चिम र लुम्बिनी प्रदेश सभामा पनि नाउपाले प्रतिनिधित्व गर्छ।

रेशमले कारबाही गरेपछि अब रञ्जिता पक्षधरले पनि आफ्नो निर्णय लिन सक्नेछ । यसलाई लिएर रञ्जिताले असन्तुष्टि जनाइसकेकी छन् । उनले संसदीय दलका नेता गंगाराम चौधरीसँग बिहीबार नै स्पष्टीकरण सोधेकी छन् ।

श्रेष्ठले आफू अस्वस्थ भएको भन्दै बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन्। बहुमत केन्द्रीय सदस्यहरूले शुक्रबार २४ घन्टाभित्र बैठक बोलाउन अल्टिमेटम दिएपछि उनले कारबाहीबाट बच्न हतारमा यस्तो निर्णय गरेकी थिइन् । तर नाउपाको राष्ट्रिय भेलामार्फत् रेशमले उनलाई पार्टीबाट बाहिरको बाटो देखाएको हो ।

‘रञ्जिताजीले केन्द्रीय कमिटी बोलाएर जवाफ दिनुपर्थ्यो। कार्यवाहक तोकेकोमा मलाई चित्त बुझेको छैन। बैठक राखेर कार्यवाहक तोक्नुपर्थ्यो। कार्यकर्ताले आफ्नो अध्यक्ष र कार्यवाहक अध्यक्ष चिन्नुपर्छ’, उनले बुधबार भनेका थिए ।

उनले यो अवस्थाको जिम्मेवारी कसको हो भन्ने स्पष्ट रहेको पनि बताएका थिए । ‘राजनीतिक दलमा उथलपुथल भइरहन्छ, तर यो सबै स्वीकारेर अघि बढ्नुपर्छ। उहाँ (रञ्जिता) लाई अध्यक्ष बनाउने वा नबनाउने कुरा साथीहरूको हो। मेरो व्यक्तिगत धारणा बुवालाई बनाउनुपर्छ भन्ने होइन’, उनले काठमाडौंमा बुधबार भनेका थिए ।

यससँगै पार्टीभित्रको शक्ति सन्तुलन र निर्णय प्रक्रियालाई लिएर उत्पन्न संकटले नाउपा गम्भीर अन्योलमा परेको छ। केन्द्रीय समिति बैठकबाट रञ्जितालाई हटाउने निर्णयले पार्टी पनि पहिलो चुनाव जितेकै कार्यकालयमा संकटमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group