ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैदेशिक रोजगारीमा जाने श्रमिकबाट लिने शुल्क बढाउने विषयमा गृहकार्य


abc news
श्रावण १५, २०८२ बिहीबार   ५ : ३७   बजे

काठमाडौ १५ साउन । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकले तिर्दै आएको शुल्क बढाउने गृहकार्य थालेको छ ।

वैदेशिक रोजगार विभागले श्रमिकले तिर्दै आएको शुल्क बढाउने विषयमा गृहकार्य अघि बढाएको हो ।

विभागका कार्यकारी निर्देशक डाक्टर द्वारिका उप्रेतीले श्रमिकबाट लिने शुल्क बढाउनेबारे छलफल अघि बढेको बताए ।

हाल वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले १५०० र २५०० रूपैयाँ शुल्क तिर्दै आएका छन् ।

तीन वर्षसम्मको करार अवधि भएर विदेश जानेको हकमा १५०० र तीन वर्षभन्दा माथिको करार अवधि भएर विदेश जानेको हकमा २५०० शुल्क लिने गरिएको छ ।

विभागले उक्त शुल्क बढाउनेगरी गृहकार्य अघि बढाएको हो । श्रमिकसँग मेनपावर व्यवसायीहरूले राख्दै आएको धरौटी समेत बढाएर अघि बढ्ने विषयमा छलफल अघि बढेको उप्रेतीले बताए ।

त्यसका लागि विभाग अन्तर्गत रहेको नीति, कानुन एवं व्यवस्थापन समितिले गृहकार्य अघि बढाएको उनको भनाइ छ ।

शुल्क बढाएर विभागबाट प्रदान गरिने सेवा सुविधासमेत बढाउनेगरी तयारी भइरहेको बताए ।

हाल वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको राहत तथा उद्धारको कार्य विभागले गर्दै आएको छ ।

त्यस्तै वैदेशिक रोजगारीमा जाने मृतक श्रमिकको परिवारलाई विभागले १० लाख रूपैयाँ प्रदान गर्दैै आएको छ ।

त्यस्तै अंगभंग तथा विरामी भएका श्रमिकको हकमा ७ लाख रूपैयाँ, श्रमिकको परिवारलाई स्वास्थ्य उपचारका लागि ५० हजार, वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका वा पूर्ण अशक्त व्यक्तिका सन्ततिका लागि आधारभूत तहसम्म १२ हजार र माध्यमिक तहसम्म १६ हजार रूपैयाँ छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

विभागले आर्थिक सहायता समेत बढाउने वैदेशिक रोजगारीमा जाँदा श्रमिकबाट लिने शुल्क समेत बढाउनेगरी तयारी अघि बढाएको हो ।

विभागका प्रवक्ता तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले पछिल्लो समय युरोप लगायतका मुलुकमा जाने श्रमिकको बढिरहेको बताए ।

जसले गर्दा यूरोपमा मृत्यु भएकाहरूको शव ल्याउन समेत निकै महंगो पर्ने गरेको बताए ।

‘पोर्चुगल, माल्टा, पोल्याण्ड लगायतका युरोपका देशबाट शव ल्याउँदा निकै बढी खर्च लाग्छ ।

एउटाको शव ल्याउँदा १८ लाखसम्म खर्च भएको थियो । त्यही भएर बढाउने कि भनेर छलफल भइरहेको हो’, सुवेदीले भने ।

देशगत रूपमा समेत बढाउने वा समग्रमा बढाउने विषयमा छलफल अघि बढेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group