ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूमि समस्या समाधान आयोगमा १२ लाखभन्दा बढी निवेदन


abc news

काठमाडौ १५ साउन । भूमि समस्या समाधान आयोगमा १२ लाखभन्दा बढी भूमिहीन परिवारको निवेदन परेको छ। प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा भूमिसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै आयोगका अध्यक्ष हरिप्रसाद रिजालले यस्तो जानकारी दिएका हुन्।

उनले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीबाट उक्त संख्यामा निवेदन आयोगमा प्रविष्ट भएको स्पष्ट पारे। उनका अनुसार, आयोगमा निवेदन दिनेमा ८९ हजार १४४ भूमिहीन दलित, १ लाख ६८ हजार ८८८ भूमिहीन सुकुम्बासी तथा ८ लाख ७५ हजार १६४ अव्यवस्थित बसोबासी परिवार रहेका छन्। अध्यक्ष रिजालले विभिन्न समयमा बनेका आयोगहरूका बाँकी ८६ हजार ४ सय परिवारको व्यवस्थापन गर्ने जिम्मेवारी पनि यही आयोगमा आएको बताए।

उनले भने, ‘हामीलाई अहिलेसम्म प्राप्त तथ्यांकको आधारमा ८९ हजार १४४ भूमिहीन दलित परिवारको निवेदन आएको छ। त्यसैगरी, भूमिहीन सुकुम्बासी एक लाख ६८ हजार ८८८ परिवारको र अव्यवस्थित बसोबासी ८ लाख ७५ हजार १६४ परिवारको निवेदन प्रविष्ट भएको छ। सबै गर्दा ११ लाख ३३ हजार ९६ परिवारको निवेदन हो। यसबाहेक, विभिन्न समयमा बनेका आयोगहरूका अधुरा कामको संख्या पनि छ, जुन ८६ हजार चार सय हो। त्यो संख्या पनि जोड्दा हामीकहाँ १२ लाख १९ हजार ५ सय ९६ परिवारको व्यवस्थापन गर्ने जिम्मेवारी आएको छ।’

उनले थपे, ‘अब यसका लागि वन ऐनमा पनि परिभाषा गर्नुपर्ने आवश्यकता देखियो। कागजमा वन भनिएको छ, तर लामो समयदेखि नागरिक त्यहाँ बस्नुभएको छ, जहाँ अहिले सहर भइसकेको छ।’

अध्यक्ष रिजालले विधेयक पास भए पनि भूमिहीनलाई जग्गा उपलब्ध गराउन समस्या आउनसक्ने बताए। उनले कुनै दल विशेषको आधारमा नभई सर्वसम्मत रूपमा पारित हुने गरी विधेयकलाई समृद्ध बनाउन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com