काठमाडौं, १५ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि आगामी १ अगस्टबाट लागु हुने गरी २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत एक पोस्ट गर्दै रसियासँग हतियार र पेट्रोलियम पदार्थ खरिद गरेको भन्दै शान्तिका लागि पनि यो काम गर्नु परेको बताएका छन्।
उनले सामाजिक सञ्जालमा भारत मित्रराष्ट्र भएपनि पछिल्लो वर्षमा उसले अमेरिकासँग कम ब्यापार गरेको र रसियासँग बढी ब्यापार गरेको आरोप लगाएका हुन्।
उनले भने,’भारत, अमेरिकाको मित्र हो, तर पछिल्लो केही वर्षदेखि उसले अमेरिकासँगको ब्यापार कम गरेको छ। भारत अमेरिकी सामानमा विश्वकै उच्च कर लगाउने देशहरुमध्ये एक हो। साथै उनीहरुले ब्यापारमा गैर आर्थिक अवरोधहरु र प्रकृयागत झन्झटहरु धेरै दिने गरेका छन्।’
त्यस्तै उनले थपे,’साथै भारतले संधैजसो आफ्ना सैन्य उपकरणहरु रुसबाट खरिद गर्ने गरेको छ, र चीनसँगै रुसबाट सबैभन्दा बढी ऊर्जा खरिद गर्ने देश बनेको छ। अहिलेको अवस्थामा सबैले रुसलाई युक्रेनमा भइरहेको हत्या रोक्न आग्रह गरिरहेका छन्। यस्तोमा भारतले यो काम गर्नु राम्रो होइन।’ अन्तमा ट्रम्पले भने, ‘त्यसैले भारतलइ अब अगस्ट १ देखि २५ प्रतिशत कर लाग्ने छ र माथि उल्लेखित कारणका लागि उसलाई थप जरिवाना समेत तिराइने छ।’







प्रतिक्रिया दिनुहोस्