ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसको पूर्वी क्षेत्रमा ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प : सुनामीको चेतावनी


abc news
श्रावण १४, २०८२ बुधबार   ११ : ५८   बजे

काठमाडौ १४ साउन । रुसको पूर्वी क्षेत्रमा ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण केन्द्र ९यूएसजीएस० का अनुसार भूकम्प रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की शहरबाट झन्डै १३६ किलोमिटर टाढा र १८ दशमलव २ किलोमिटर गहिराइमा बिहान गएको हो ।

यो शक्तिशाली भूकम्पपछि परकम्प गैरहने अवस्था छ । रुसी समाचारसंस्था तासले भूकम्पमा परी थुप्रै व्यक्ति घाइते भएका जनाएको छ ।

ठूलो भूकम्पपछि रुस, जापान र अमेरिकाको अलास्का क्षेत्रमा सुनामीको जोखिम छ । ती क्षेत्रमा सतर्कता अपनाउन र नागरिकलाई तत्काल सुरक्षित ठाउँमा जान आग्रह गरिएको बीबीसीले जनाएको छ ।

अमेरिकी अधिकारीले अलास्का र हवाई क्षेत्रमा सुनामी आउने चेतावनी दिएका छन् । सुनामी शङ्खलाबद्ध शक्तिशाली छाल हो । यसले व्यापक क्षति गर्न सक्छ ।

आज भूकम्प गएको रुसको क्षेत्रमा सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भूकम्प मापन गरिएको हो । विगत १० दिनमा त्यही क्षेत्रमा एकपछि अर्को भूकम्प गएको थियो । जुलाई २० तारिखमा मात्रै पाँचवटा भूकम्प गएको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

विश्वकप २०२६ : सडकबाट विश्वकपसम्म — युवा मन्जाम्बीको जादुमा स्विट्जरल्यान्ड विजयी, बोस्नियालाई अन्तिम क्षणको पीडा

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group