ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनका घाइते तथा अपाङ्गको सूची अद्यावधिक गर्दै सरकार


abc news
श्रावण १३, २०८२ मंगलबार  २ : २१ बजे

काठमाडौ १३ साउन । सरकारले जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनकालगायत घाइते तथा अपाङ्गको सूची अद्यावधिक गर्ने भएको छ ।

मंगलबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले यस्तो जानकारी दिएका हुन् ।

मन्त्री चौरसियाका अनुसार शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम शीघ्र सम्पन्न गर्ने सरकारको प्रतिबद्धता छ । शान्ति प्रक्रिया र द्वन्द्व रुपान्तरणका क्रममा भएका सहमति समझदारी एवम् सम्झौताको एकीकृत अभिलेख तयार गर्ने कार्य अगाडि बढेको छ ।

‘जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनलगायत विभिन्न राजनीतिक परिवर्तनको आन्दोलनका घाइते तथा अपाङ्गको सूची अद्यावधिक गर्न र समस्याको दिगो समाधान गर्न उच्चस्तरीय समिति गठनको कार्य गरिदैछ।’ मन्त्री चौरसियाले भने ।

उनका अनुसार सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते र अपाङ्गता भएकालाई जीवननिर्वाह भत्ता वितरण तथा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, उपचार, आवश्यक उपकरण, शिक्षा, रोजगारी, स्वरोजगारका अवसर र आर्थिक सहायता उपलब्ध गराई पुनस्थापना र परिपुरण लगायतका कार्य गर्न शान्ति कोषको व्यवस्था गरिदैछ ।

आर्थिक वर्ष २०८१र८२ को कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित बजेटमार्फत द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, आर्थिक सहायता र पुनःस्थापना लागि शान्ति कोष स्थापना गरी १ अर्ब विनियोजन गरिएको छ ।

मन्त्री चौरसियाका अनुसार राजनीतिक परिवर्तनका लागि सशस्त्र सङ्घर्ष लगायतका आन्दोलनका योद्धाहरूलाई गणतान्त्रिक योद्धा सम्मान प्रदान गर्ने व्यवस्था मिलाइँदैछ ।द्वन्द्वका क्रममा अपाङ्ग भएका व्यक्तिहरूको अपाङ्गता प्रतिशतलाई पुनरावलोकन तथा पुनर्निर्धारण गरी औषधी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पताललाई डेडिकेटेड अस्पतालका रूपना तोकिएको छ ।

मन्त्री चौरसियाले कानूनी शासनको प्रत्याभूति गरी मानव अधिकार संरक्षणलाई उच्च प्राथमिकता दिइएको बताए । न्याय प्रणालीलाई छिटोछरितो, प्रभावकारी, अनुमानयोग्य र पहुँचयोग्य बनाउन सूचना प्रविधिको प्रयोग गरिएको उल्लेख गर्दै अगाडि भनेका छन्,’न्यायिक जनशक्तिको क्षमता विकास गरिनेछ निःशुल्क कानूनी सहायता कार्यक्रमलाई सबै जिल्लामा विस्तार गरिदैछ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटारमा सुशीला कार्कीसँग आलीको खुसामद के हो ?

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको दाबी गर्दै भिडियो बनाएका व्यक्ति पक्राउ

सम्बन्धित

बालुवाटारमा सुशीला कार्कीसँग आलीको खुसामद के हो ?

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको अभिव्यक्ति दिने व्यक्ति पक्राउ

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको दाबी गर्दै भिडियो बनाएका व्यक्ति पक्राउ

सप्तरी–३ का रास्वपा उम्मेदवारमाथि भ्रष्टाचारको आरोप, ९ जनालाई बयानमा बोलाइयो

अमेरिकाबाट बोलाएर रास्वपाले धोका दियो भन्दै श्री कुँवरद्वारा पार्टी परित्याग

निर्वाचन तोकिएको मितिमा एकैपटक हुन्छः प्रधानमन्त्री कार्की

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com