ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री बन्न दलको नेता हुन पर्दैन, हटाउने आधार छैन – बहादुरसिंह लामा


abc news

काठमाडौ १३ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफू संसदीय दलको नेताबाट हटेको भए पनि मुख्यमन्त्री पद नछाड्ने अडान लिएका छन् ।

आफूविरुद्ध संसदीय दलमा भएको मत विभाजन प्रक्रियामा फेल भएका सिंहले मुख्यमन्त्रीबाट राजीनामा दिनु नपर्ने र नदिने जिकिर गरेका हुन् ।

‘सरकारबाट राजीनामा दिनुपर्छ भन्ने नै छैन । सरकार एउटा पाटो हो, संसदीय दल अर्को पाटो हो,’ मत विभाजन प्रक्रियापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘मुख्यमन्त्री पदबाट हटाउनपर्ने कुनै आधार छैन । हटाउनुपर्ने पनि होइन । मुख्यमन्त्री हुनका लागि दलको नेता चाहिँदैन ।’

उनले आफूमाथि पार्टी भित्रबाटै विभिन्न प्रपञ्च रचिएकोबारे आफूले आजैमात्र थाहा पाएको पनि बताए । सबैलाई मिलाएर अघि बढौं भन्दा विभिन्न जालहरू रचिएको उनको भनाइ थियो ।

‘मत विभाजन भयो । यो प्रक्रिया हो । प्रक्रियामा गएको हो । प्रक्रियामा जाँदा अविश्वासका प्रस्ताव लगाउँदा आरोप लगाइयो । जुन प्रपञ्च लगाइएको छ, नेपाली कांग्रेसलाई प्रपञ्च बनाइएको रहेछ । मैले त्यस्तो हेरेको थिइनँ,’ लामाले भने, ‘सबैलाई मिलाएर जाऔं भन्दा विभिन्न किसिमका जालहरू रचिएको रहेछ । मलाई थाहा थिएन । मेरै मन्त्रीहरू पनि जालोभित्र रहेछ । कसैको प्रेसर पनि रहेछ । नेताहरू यसरी लाग्नु भनेको राम्रो पनि होइन । लोकतान्त्रिक विधिमा जानुपर्छ भन्ने हो । लोकतान्त्रिक विधि अनुसार प्रक्रिया सुरु हुन्छ ।’

आफू हिजोसम्म संसदीय दलको नेता भए पनि आजबाट नरहेको उनले बताए ।

मत विभाजन प्रक्रियामा लामाको पक्षमा १५ मतमात्रै परेको थियो भने विपक्षमा २२ मत परेको थियो ।

‘मुख्यमन्त्री त फेर्नै सक्दैन । दलको नेता भएर हो । कोलेसन गभरमेन्ट हो । मुख्यमन्त्री हुनका लागि दलको नेता चाहिँदैन,’ उनले भने ।

उनले आफूले राजीनामा गर्नुपर्ने कुनै अवस्था नरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

प्रचण्डले हरिबोल गजुरेलसहितलाई काठमाडौं बोलाए, अडानबाट नहट्ने गजुरेलको चेतावनी

सम्बन्धित

रेशम चौधरीको उम्मेदवारी रद्द

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

प्रचण्डले हरिबोल गजुरेलसहितलाई काठमाडौं बोलाए, अडानबाट नहट्ने गजुरेलको चेतावनी

चुनावी प्रचारमा ‘भाइरल’ बन्ने होड : विचार कि दृश्यात्मक प्रदर्शन ?

चितवन–१ मा ‘त्रिकोणीय रोमाञ्च’: जेनजी युवाको पनि दाउ !

संघीयतालाई चिहान बनाउदै ‘सिंहदरबार’ को मृगतृष्णा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com