ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमतीका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले गुमाए कांग्रेस संसदीय दल नेताको हैसियत


abc news
श्रावण १३, २०८२ मंगलबार  १ : ३६ बजे

काठमाडौ १३ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल नेताको हैसियत गुमाएका छन्।

मंगलबार हेटौंडामा संसदीय दल नेता तामाङका पक्ष र विपक्षमा मतविभाजन गरिएको थियो।

जसमा मुख्यमन्त्रीसमेत रहेका संसदीय दल नेता तामाङको पक्षमा जम्मा १५ जना सांसद उभिए भने ईन्द्रबहादुर बानियाँका पक्षमा २२ जना सांसद उभिएका छन्।

बागमतीमा कांग्रेसका ३७ जना सांसद छन्।

‘आज पक्ष र विपक्षमा मतविभाजन गरियो, मुख्यमन्त्रीका पक्षमा १५ र विपक्षमा २२ मत आयो,’ सांसद मीनकृष्ण महर्जनले भने, ‘भोलि संसदीय दल नेता छान्न चुनाव हुन्छ।’

संसदीय दल नेताको हैसियत गुमाएकोले मुख्यमन्त्री तामाङ फेरि संसदीय दल नेता निर्वाचनमा प्रतिस्पर्धा गर्छन् कि गर्दैनन् यकिन भइसकेको छैन।

अब सांसद बानियाँ संसदीय दल नेता र नयाँ मुख्यमन्त्री हुने तयारीमा छन्।

मुख्यमन्त्री लामाको मन्त्रिपरिषदमा रहेका ५ जना कांग्रेसका मन्त्रीले पदबाट राजीनामा दिइसकेका छन्।

गत शुक्रबार २१ जना सांसदले दल नेता तामाङविरूद्ध हस्ताक्षर गरेका थिए।

तामाङ र बानियाँ दुवै सभापति शेरबहादुर देउवा पक्षका हुन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटारमा सुशीला कार्कीसँग आलीको खुसामद के हो ?

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको दाबी गर्दै भिडियो बनाएका व्यक्ति पक्राउ

सम्बन्धित

बालुवाटारमा सुशीला कार्कीसँग आलीको खुसामद के हो ?

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको अभिव्यक्ति दिने व्यक्ति पक्राउ

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको दाबी गर्दै भिडियो बनाएका व्यक्ति पक्राउ

सप्तरी–३ का रास्वपा उम्मेदवारमाथि भ्रष्टाचारको आरोप, ९ जनालाई बयानमा बोलाइयो

अमेरिकाबाट बोलाएर रास्वपाले धोका दियो भन्दै श्री कुँवरद्वारा पार्टी परित्याग

निर्वाचन तोकिएको मितिमा एकैपटक हुन्छः प्रधानमन्त्री कार्की

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com