काठमाडौ ११ साउन । रासायनिक मलको दीर्घकालीन समाधान खोज्न माग गर्दै योङ कम्युनिष्ट लिग वाइसीएल०, नेपालले काठमाडौँमा प्रदर्शन गरेको छ।
आइतबार कृषि सामग्री कम्पनी लिमिटेडमा ज्ञापनपत्र बुझाउँदै अध्यक्ष पुष्प ओलीले नेपाल कृषिप्रधान देश भएको र कृषकलाई कृषि बालीका लागि आवश्यक पर्ने रासयनिक मलको अभाव विगत लामो समयदेखि भइरहेको बताए।
नले रासयनिक मलको समस्या दीर्घकालीनरुपमा समाधान गर्न आग्रह गरे। तत्काल देशभर मल आपूर्तिको सुनिश्चितता नभए अभियानलाई देशव्यापी बनाउने र आन्दोलन गर्ने चेतावनी ओलीले दिए।
वाइसीएलले सरकारले रासायनिक मल पहुँचको आधारमा वितरण गरेको भन्दै यस्ता कार्य अविलम्व रोकेर आपूर्ति सुचारु गर्न माग गरेको छ।








प्रतिक्रिया दिनुहोस्