काठमाडौ ११ साउन । सिन्धुपाल्चोक निवासी राजकुमार श्रेष्ठ ‘अजित’ पुनः नेकपा माओवादी केन्द्र० मा सक्रिय हुने भएका छन्।
संविधानसभा सदस्य समेत रहेका श्रेष्ठ माओवादी केन्द्रमै रहेपनि नेकपा विभाजनपछि सक्रिय राजनीतिबाट टाढा हुँदै आएका थिए।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेतालाई भेटेर उनले आफू पुनः सक्रिय राजनीतिमा फर्किएको बताएका छन्।
आज बिहान प्रचण्डसहितका माओवादी नेताले श्रेष्ठलाई पार्टीमा स्वागत गरेका छन्। अध्यक्ष प्रचण्डले उनलाई उचित जिम्मेवारी दिने बताएका छन्।







प्रतिक्रिया दिनुहोस्