ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्बोडिया र थाइल्याण्डबीच युद्धविरामको प्रयासमा ट्रम्पको पहल


abc news
श्रावण ११, २०८२ आईतबार  ११ : ५६ बजे

काठमाडौ ११ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्बोडिया र थाइल्याण्डबीचको सीमा विवाद अन्त्य गर्न आफ्नो पहलमा वार्ता अगाडि बढिरहेको बताउनुभएको छ । स्कटल्याण्ड भ्रमणमा रहेका ट्रम्पले आफ्नै ट्रुथ सोसल प्लेटफर्ममा ‘युद्ध रोक्न सन्देश दिने कार्य’ भइरहेको दाबी गर्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

ट्रम्पले कम्बोडियाका प्रधानमन्त्रीसँगको कुराकानीपछि थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्रीसँग पनि सम्पर्क भएको उल्लेख गर्दै दुई पक्ष युद्धविराम र शान्तिमा इच्छुक रहेको धारणा राख्नुभएको छ । कम्बोडियाजस्तै थाइल्याण्ड पनि तत्काल युद्धविराम र शान्ति चाहेको ट्रम्पले आफ्नो पोस्टमा लेख्नुभएको छ ।

उहाँले दुवै नेतासँगको संवादपछि स्थायित्वको आशा व्यक्त गर्दै दुवै पक्षसँग कुरा गरिसकेपछि युद्धविराम, शान्ति र समृद्धि स्वाभाविक देखिने बताउनुभयो । कम्बोडिया–थाइल्याण्डबीच सीमा क्षेत्रमा द्धन्द्ध चर्केको छ । मुख्य फ्रन्टलाइनबाट झन्डै दुई सय ५० किलोमिटर दक्षिणपश्चिममा पर्ने तटीय क्षेत्रमा झडपका घटना हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सम्बन्धित

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध मुद्दा

रविमाथिको अभियोग फिर्ता विवादमा आज पनि सुनुवाइ सकिएन

आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने

सर्वोच्च अदालतको फैसला नआई कांग्रेसको नियमित महाधिवेशन हुन सक्दैन– देउवा पक्ष

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com