ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिस्ट एकतालाई जनताले अनुमोदन गरे तर टिकेन – प्रचण्ड


abc news

काठमाडौ १० साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट एकतालाई जनताले अनुमोदन गरे पनि त्यो एकता टिक्न नसकेको गुनासो गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसको सन्दर्भमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट एकता किन टिकेन भन्ने प्रश्नको जवाफ नखोजी एकताको कुरा गर्नुको अर्थ नहुने टिप्पणी गरेका हुन् ।

‘शान्ति प्रक्रियामा आएपछि, संविधान निर्माण प्रक्रियाले एउटा उद्देश्य प्राप्त गरेपछि अब आफूलाई समाजवादी भन्ने, कम्युनिस्ट भन्नेहरूको बीचमा केही त्याग गरेर भए पनि एकता गरेर जानुपर्छ भनेर प्रस्ताव राखेर एकता गर्ने पात्रमध्ये म हुँ,’ उनले भने ।

उनले थपे, ‘मैले राखेको त्यो प्रस्तावलाई जनताले अनुमोदन पनि गरे । ठूलो संख्यामा कम्युनिस्ट कार्यकर्ताहरुले पनि अनुमोदन गरे। तर त्यो एकता टिकेन, किन रु दुई(तीन वर्ष जनतन धके(धुकुल गरे पनि अन्ततः फेरि विभाजनतिर गयो, किन रु’

कम्युनिस्ट एकता किन टिकेन भन्ने प्रश्नको जवाफ खोज्नुपर्नेमा जोड दिए । ‘यो प्रश्नको उत्तर नखोजीकन अमूर्त र आदर्शवादी ढंगले एकताको कुरा गरेर एकता हासिल हुँदैन । अनुभवले त्यो सिद्ध गरेको छ, पटक(पटक नेपालमा मात्र होइन, विश्वभरि ।’

उनले कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले कम्युनिस्ट इन्टरनेसनललाई एकताबद्ध राख्न नसकेको स्मरण गरे ।

प्रचण्डले अब पुष्पलाललाई केन्द्रबिन्दुमा राखेर, नेता मानेर एकताको प्रयास गर्न प्रस्ताव गरे ।

‘अरूको आधारमा एकता हुँदैन अब, हुने स्थिति छैन अहिले नेपालमा। गरेर हेरियो, हुन्छ कि भनेर म नै आफैं हो त्यसको जिउँदो प्रमाण’ उनले भने, ‘भएन। पुष्पलाललाई अगाडि राखियो भनेर, पुष्पलालले भनेको जस्तो गरी पार्टी निर्माण गरियो भने हुनसक्छ ।’

‘दलालहरूको पनि दलाल भएर काम गर्ने नेता कम्युनिस्ट हुन्छन् ?

प्रचण्डले नेपालमा अहिले दलाल पुँजीपति, बिचौलियाहरू, केही थोरैले नेपाल राज्यलाई विध्वंस पारिरहेको आरोप लगाए । ‘नेपालको अर्थतन्त्रलाई, नेपालको विकास प्रक्रियालाई केही मुठ्ठीभर दलालहरुले आफ्नो कब्जामा लिएका छन्,’ उनले भने ।

उनले नेपालको विकास र समृद्धिको यात्रामा मुख्य बाधक नोकरशाही पुँजीवाद भएको बताए । ‘आजभोलि साँच्चै दयनीय स्थिति छ। हामीले विधायिकातिर हेर्छौं, लाजमर्दो। अस्ति भर्खरै संघीय निजामति विधेयकमाथि के भयो छेडखानीरु’ उनले भने, सबै सांसदहरु अपमानित हुने गरी चलखेल र छेडखानी कसले गर्‍यो?

नेपालमा राजतन्त्र नरहेको अवस्थामा अब दलाल पुँजीवादका विरुद्ध सम्पूर्ण एक हुने संकल्प गर्नुपर्ने बताए । ‘कम्युनिस्ट एकता पनि त्यहीँबाट सुरु हुन सक्छ। अनि दलालहरूको पनि दलाल भएर काम गर्ने कम्युनिस्ट नेता कम्युनिस्ट हुन्छन् रु’ उनले प्रश्न गरे ।

‘प्रधानमन्त्री तपाईं बन्नुस् भन्दा ओली उज्यालिए’

कम्युनिष्ट एकताको प्रस्ताव केपी ओलीलाई आफैंले गरेको जिकिर गर्दै प्रचण्डले गरे । ‘कमरेड केपी ओलीलाई ल अब हामी एकता गर्ने संकल्पसहित चुनाव मिलेर लडौँ, चुनाव जित्नेबित्तिकै एकता गरौँ भनेर मैले एक घण्टा केपीलाई प्रस्ताव राखेँ’ उनले भने, उहाँ बिस्तारै‘ अनि मैले त्यतिबेलै भनेको थिएँ, मलाई प्रधानमन्त्री पनि चाहिँदैन, तपाईं नै हुनुहोला, चुनाव भएको थिएन। प्रधानमन्त्री तपाईं नै हुनुहोला भनेपछि उहाँको अनुहार उज्यालो भएको मलाई झलझल, त्यो अस्ति भर्खरै त हो।’

उनले थपे, ‘प्रधानमन्त्री तपाईं नै भने मैले, नत्र हुनेवाला थिएन फेरि, त्यो बुझेको थिएँ मैले। अनि अध्यक्ष मलाई पनि चाहिन्छ तर तपाईं प्रधानमन्त्री पनि, अध्यक्ष पनि भएपछि तपाईं नै सिनियर भइहाल्नुहुन्छ भनेपछि गठबन्धन भयो, एकता भयो, जनताले जिताए ।

उनले एकता बिग्रन्छ भनेर प्रधानमन्त्री पनि आलोपालो नगर्ने प्रस्ताव गरेको जिकिर गरे । ‘त्यो प्रधानमन्त्री पालैपालो गर्ने कि भन्ने थियो, पछि यो कारणले पार्टी बिग्रिन्छ कि भनेर मैले भो पूरै अवधि तपाईं नै खानुस् प्रधानमन्त्री, मैले केन्द्रीय समितिमा भनि नै दिएको थिएँ,’ उनले भने ।

उनले थपे, ‘मलाई प्रधानमन्त्री चाहिँदैन। यो कम्युनिस्ट एकता र समाजवादको यात्रा नै नबिथोलियोस् भनेको त हो नि । पार्टी मलाई अलि राम्रो बनाउने मेरो मन छ। मलाई अलिकति पार्टीको जिम्मा दिनुस् भनेको हो मैले।’

उनले राष्ट्रिय सभामा चलेको नेकपाको बैठक अध्यक्ष भएर पाँच दिनसम्म चलाएको स्मरण गरे । ‘यति राम्रो बैठक भयो, एमालेभित्रबाट आउनुभएका या माओवादी केन्द्रबाट आउनुभएका ९० प्रतिशत नेताहरूको अनुहार हँसिलो, ओहो साँच्चै हुने रहेछ एकता त भन्ने भएकै थियो। म गर्वले मेरो छाती फुलेको थियो ।’

बैठकको लगत्तै अर्को हप्ता प्रचण्डले एमाले सिध्याउने भयो भनेर पशुपतिको एउटा होटेलमा ओली समूहले बैठक बसेको प्रचण्डले बताए । ‘त्यसपछि त सुरु भइहाल्यो लडाईं। यही त हो हाम्रो चरित्र,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com