ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेमा जबज उत्तराधिकारीको अन्योल छ- प्रचण्ड


abc news

काठमाडौ १० साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताधारी दुवै दल नेपाली कांग्रेस र नेकपा एमालेमा वैचारिक नेतृत्वको खडेरी रहेको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौँको सीतापाइलामा सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवन उद्घाटन कार्यक्रममा उनले सत्ता रहेका दुवै दलको आलोचना गरेका हुन्।

यस क्रममा उनले विशेष गरी हाल एमालेमा देखिएको अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको टकराबलाई निसाना बनाए।

उनले भने, ‘एमालेभित्र वैचारिक संकट छ, जबजको उत्तराधिकारीको अन्योल छ।’

साथै प्रचण्डले एमाले अध्यक्ष ओलीले मदन भण्डारीविरुद्ध गरेका टिप्पणीलाई ‘वैचारिक दिशाहीनता’को संज्ञा दिए।

भण्डारीलाई एमालेमा निषेध गरेका अध्यक्ष ओलीले उनका श्रीमान्‌समेत रहेका तत्कालीन महासचिव मदन भण्डारीविरुद्ध चारवटा श्रीमती राखेकोदेखि सहकारी ठगी गरेसम्मका झुटा आरोप लागेको थियो भनेर टिप्पणी गरेका थिए।

अहिले एमालेमा भण्डारी र ओली पक्षबीच अन्तरद्वन्द्व छ।

एमालेका पूर्वउपाध्यक्ष भण्डारी आगामी महाधिवेशनमा पार्टी अध्यक्षमा उठ्ने अभियानमा छिन् भने एमाले केन्द्रीय कमिटी बैठकले भने उनको सदस्यता नै खारेज गर्दै राजनीति गर्न रोक लगाएको छ।

तर भण्डारीले शुक्रबार पत्रकार सम्मेलन गरी मदन भण्डारीले दिलाएको आफ्नो सदस्यता कसैले खारेज गर्न नसक्ने चेतावनी दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com