ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोष सबै प्रचण्डको टाउकोमा हालेर हामी उम्किन पाउँदैनौँ- वर्षमान


abc news
श्रावण १०, २०८२ शनिबार   ३ : ३६   बजे

काठमाडौ १० साउन । प्रमुख प्रतिपक्षी नेकपा ९माओवादी केन्द्र०का उपमहासचिव वर्षमान पुनले आफ्ना नेपाली राजनीतिको ‘ब्राण्ड भएको बताएका छन्।

पार्टी सम्वद्ध अखिल क्रान्तिकारीले शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले प्रचण्डकै नेतृत्वमा जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माण भएको र समाजवादको आधार बसाउन अझै केही समय उनको नेतृत्व आवश्यक रहेको उल्लेख गरे।

‘हामी अध्यक्ष प्रचण्डको नेतृत्वमा एकताबद्ध र गोलबन्द छौँ,’ उनले भने, ‘कमरेड प्रचण्ड परिवर्तनको राजनीतिको ब्राण्ड हो, हामीले उहाँलाई ब्राण्डका रुपमा स्थापित गरेका छौं। उहाँको ब्राण्ड भ्यालु राम्रो छ।’

यद्यपि प्रचण्डले पनि आफलाई रुपान्तरणको प्रयत्न भने गर्नुपर्ने पुनले बताए।पटकपटक मन्त्री, सांसद् भएका र दशक अघिदेखि पार्टीको महत्वपूर्ण भूमिकामा रहेका नेताहरुले बिग्रिएको जति दोष प्रचण्डको थाप्लोमा हालेर उमिक्न नपाउने स्पष्ट गरे।

‘कमरेड प्रचण्डले पनि आफूलाई रुपान्तरणको प्रयत्न गर्नुपर्छ, उहाँले त्यो गर्नैपर्छ,’ पुनले भने, ‘ साथै हामी दोस्रो, तेस्रो तहका नेताहरू छौं। अध्यक्षको टाउकोमा सबै हालेर हामी उम्किन पाउँदैनौं। हामी पनि कोही अर्थमन्त्री, कोही गृहमन्त्री, कोही ऊर्जामन्त्री, कोही विभिन्न खालका मन्त्री भएका छौं। मन्त्री हुँदा या सांसदमा हुँदा, पार्टीको उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव विभिन्न जिम्मेवारीमा छौं। पार्टीलाई राम्रो बनाउने हाम्रो पनि दायित्व हुन्छ। हामीले सरकार र संसद्मा हुँदा के राम्रा नराम्रा गर्‍यौंरु गर्न हुने र न हुने गर्‍यौंरु हामी आफूतिर पनि फर्कन तयार हुनुपर्छ।’

कमजोरी भएका ठाउँमा आत्मालोचना गरेर आफूलाई सच्याउनुपर्ने भन्दै उनले सापेक्षित रुपमा नेपालका अन्य दलको तुलनामा माओवादी केन्द्रका नेताहरू अरुभन्दा असल र मुलुकको हितप्रति इमान्दार रहेको दाबी गरे।

दोस्रो तहका नेताहरुले पहिलो र पछिल्ल्लो पुस्ताबीच समन्यव र सन्तुलन मिलाएर पार्टीलाई गतिशिल बनाउने भूमिका खेल्नुपर्ने पुनको भनाइ छ।

‘अनुभवी र परिपक्व पहिलो पुस्ता र जोश जाँगर भएको तेस्रो पुस्तालाई मिलाउँदा पार्टी संगठन गतिशिल हुन्छ। हामी दोस्रो पुस्ताका नेताहरुले अहिले त्यही भूमिका खेल्नुपर्छ। एकांकी रुमपा पुरानो ज्ञानले मात्र आजको दुनियाँ चल्दैन। नयाँ र पुराना पुस्ताले मात्र पनि चल्दैन। सबैतिर भत्काउँछु, सबै खत्तम, यो खत्तम, ऊ खत्तम म मात्र सही भनेर जता पनि ठोक्ने, जता पति गडगडाउने गरेर हुँदैन।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group