ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीद्वारा प्रसूति गृहको उद्घाटन


abc news
श्रावण ९, २०८२ शुक्रबार   २ : ०५   बजे

काठमाडौ ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको मटिहानी नगरपालिका ६ मा नवनिर्मित प्रसूति गृहको उद्घाटन गर्नुभएको छ । मटिहानी नगरपालिकाको वडा ८ मा बिग्ही नदीमा निर्माण गरिएको पुलको उद्घाटनपश्चात् प्रधानमन्त्री ओली मटिहानीकै वडा नं। ६ मा पुगेर प्रसूति गृहको उद्घाटन गर्नुभएको हो ।

राष्ट्रिय योजना आयोगको विशेष अनुदान कार्यक्रम र मटिहानी नगरपालिकाको सहयोगमा करिब २ करोडको लागतमा निर्माण गरिएको सो प्रसूति गृहको उद्घाटन प्रधानमन्त्री ओलीले गर्नुभएको हो ।

मटिहानी नगरपालिका वडा ६ को जरलहवा गाछीभन्दा दक्षिणमा निर्माण गरिएको सो पाँच शय्याको प्रसूति गृहको उद्घाटनसँगै यस क्षेत्रका प्रसूति हुने महिलाहरु लाभान्वित हुने जनाइएको छ ।

मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले मटिहानी नगरपालिकामा बजेट अभावमा ५० शय्याको अस्पताल बनाउन नसकिएको बताउनुहुँदै पाँच शय्याको प्रसूति गृह निर्माणबाट आमा र बच्चा दुवैको स्वास्थ्य बचाउन सकिने बताउनुभयो ।

नवनिर्मित प्रसूतिगृहमा अपरेशन कोठा, एनआइसी कोठा, डिलेभरी कोठा, वेटिङ रुम, ओपिडी कोठा, फार्मेसी कोठा, नर्सिङ कोठा, शौचालय, सोधपुछ लगायतका सुविधासम्पन्न कोठाहरु छन् । मटिहानीवासीहरुले प्रसूति गृह निर्माणसँगै शल्यक्रिया, नवजात शिशुहरुको लागि राम्रो हुने जनाएका छन् ।

उद्घाटनको अवसरमा महोत्तरी क्षेत्र नं। ३ का प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी, मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीलगायतका उपस्थिति थियो ।

एक करोड अठासी हजार रुपियाँको लागतमा श्री कालिका कन्सट्रक्सन प्रा।लि।भरतपुर चितवनले ठेक्का पाएको सो भवन २०८१ माघमा निर्माण सम्पन्न भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group