ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिम्मेवारी बाँडफाँटले चुलियो वाईसीएलमा विवाद


abc news

काठमाडौ ९ साउन । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग –वाईसीएल अध्यक्ष पुष्प ओलीले आफूखुसी सर्कुलर गरेको भन्दै विवाद देखिएको छ ।

तीन दिन अघि गरिएको सर्कुलरलाई लिएर उपाध्यक्ष नवराज ऐरसहित आठ जनाले संगठनात्मक जिम्मेवारी बाँडफाँटप्रति आपत्ति जनाएका हुन् । असन्तुष्टि राख्नेहरूमा अधिकांश पार्टी उपमहासचिव जनार्दन शर्मा पक्षका छन् ।

संगठनको बैठकमा लिखित असहमति राखेको ऐरले बताए ।

‘जिम्मेवारी बाँडफाँट गर्दा आफ्ना खल्तीका मान्छेलाई बनाउने उद्देश्यले विधिलाई तोडतोड गरिएको’ असन्तुष्ट पक्षको असहमतिमा भनिएको छ । वाईसीएलका ईञ्चार्ज रामप्रसाद सापकोटा र अध्यक्ष ओलीले संगठनभित्र चरम व्यक्तिवादी प्रवृत्ति विकास गरेको असन्तुष्ट पक्षले आरोप लगाएको छ । जिम्मेवारी दिँदा योग्य, सक्षम, समर्पित र सिनियर कार्यकर्तालाई बेवास्ता गरेर आफू नजिकका व्यक्तिलाई अवसर दिइएको असन्तुष्ट पक्षको भनाइ छ ।

विधान सम्मेलन छिटो गर्नुपर्ने र जिम्मेवारी बाँडफाँटमा भएको विभेद सच्याइनुपर्ने असन्तुष्ट पक्षको माग छ । कार्यालय सचिवलाई विना पारिश्रमिक हटाइएको निर्णय सच्याउन माग गरिएको छ । कार्यालय सचिव सीता नेपाली शान्ति प्रक्रियादेखि नै कार्यरत थिइन् । उनले पारिश्रमिक बापत १४ लाख रुपैयाँ पाउनुपर्ने असन्तुष्ट पक्षका नेताहरूको दाबी छ ।

प्रदेश तहमा कार्यविभाजन सकेपछि प्रदेशको सिफारिसमा जिल्ला इन्चार्जको कार्यविभाजन गर्ने पूर्व सहमतिलाई लत्याउने कार्य भएको ऐरले बताए । ⁠सचिवालय गठन समेत प्रदेशकै सिफारिस आधारमा कार्यालय बैठकबाट टुंग्याउने भनिएपनि त्यस अनुसार नभएको असन्तुष्ट पक्षले जनाएको छ । ⁠केन्द्रिय कमिटीमा थपघट नगर्ने भनिएपनि आफूखुसी निर्णय गरेर थप्ने कार्य भएको जनाइएको छ ।

संगठनमा जिम्मेवारी प्रदान गर्दा एक पक्षीय गरिएको भन्दै असन्तुष्ट पक्षका संगठनका नेताहरूले सामाजिक सञ्जालमा स्टाटस लेखेर इञ्चार्ज दीपशिखाप्रति खनिएका छन् ।

वाईसीएलका उप महासचिव सुरज खातीले केन्द्रीय सदस्य र पदाधिकारी बनाउँदा पदहरू बेचेको गम्भीर आरोप लगाएका छन् ।

‘हजारमा केन्द्रीय सदस्य र लाखमा पदाधिकारी बेचेर गुजारा चलाउने हाम्रो वाईसीएलको अजिङ्गर बिदाइ नहुञ्जेल एउटा गुटेहरूको मात्रै संगठन बन्छ,’ खातीले लेखेका छन् ।

वाईसीएलका केन्द्रीय सदस्य अनिल शेर्पालीले ‘तपाईंको घरमा महँगो लेबल बोटल किनेर ल्याइदिन सकिन्नँ,’ भन्दै ईञ्चार्जलाई लक्षित गरेर स्टाटस लेखेका छन् । ‘तपाईंको प्रालिको सदस्य चाहिँ जसोतसो बन्नै पर्‍यो । त्यसको विकल्प छैन,’ शेर्पालीले लेखेका छन् ।

संगठनभित्र शत प्रतिशत सहमति भन्ने नहुने वाईसीएल इञ्चार्ज दीपशिखाले बताए । उनले भने, ‘कमिटीले गर्ने कुरा हो । यसमा मेरो भूमिका हुँदैन । पार्टीभित्र समस्या बनाउने एउटा पक्षले यहाँ पनि त्यस्तै व्यवहार देखाएका छन् ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com