ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घुस ‘डिल’ प्रकरणमा रञ्जितालाई रेशमको आग्रह: तपाईंले केन्द्रीय समितिमा जवाफ दिनुपर्छ


abc news
श्रावण ९, २०८२ शुक्रबार  १२ : १९ बजे

काठमाडौ ९ साउन । नागरिक उन्मुक्ति पार्टी नाउपा संरक्षक रेशम चौधरीले आफ्नी पत्नीसमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूविरुद्ध लागेको आरोपबारेपार्टीको केन्द्रीय समितिमा स्पष्टीकरण दिनुपर्ने बताएका छन्।

नाउपा अध्यक्ष श्रेष्ठलाई कास्कीको लिची बगैँचाको जग्गा हत्याउन घुस मागेको आरोप लागेको छ। यस विषयमा भ्वाइस टेस्टका लागि अध्यक्ष श्रेष्ठ बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग उपस्थित भएकी थिइन्।

त्यसपछि बिहीबार सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै उनकै पतिसमेत रहेका पार्टी संरक्षक चौधरीले पार्टीका कार्यकर्ता र जनता पनि अन्योलमा परेकाले त्यस विषयमा केन्द्रीय समिति बैठकमा जवाफ दिन आग्रह गरेका हुन्।

चौधरीले भिडिओमा भनेका छन्, अहिले उत्पन्न परिस्थिति हाम्रा कारण होइन, तपाईंका कारण सिर्जना भयो। तपाईंका कारण सिर्जना भए पनि हामीले तपाईंसँग सम्पर्क राख्ने प्रयास गरेकै छौँ। तपाईं केन्द्रीय समितिको बैठकमा आउनुपर्छ। स्पष्ट रूपमा जबाफ दिनुपर्छ।

उनले अगाडि भनेका छन्, एउटा मुखले मात्रै बोलेर हुँदैन। केन्द्रीय समितिमा आएर बोल्नुभयो भने भोलि लाख मुखले तपाईंको पक्ष वा विपक्षमा कुराकानी गर्ला। पार्टीलाई बन्धक वा निरंकुश बनाउन पाइँदैन। यसको निकास तपाईंले नै दिनुपर्छ। तपाईंले भन्नुपर्छ।

यस क्रममा रेशमले आफू अध्यक्ष हुन पनाएको आक्रोश पनि पोखेका छन्।

उनले भनेका छन्, मलाई संरक्षकमा ल्याएर थन्क्याइएको छ। होइन भनुँ भने म संरक्षक नै हुँ। हो भनौँ भने भूमिकाविहीन जस्तै छु।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सम्बन्धित

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध मुद्दा

रविमाथिको अभियोग फिर्ता विवादमा आज पनि सुनुवाइ सकिएन

आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने

सर्वोच्च अदालतको फैसला नआई कांग्रेसको नियमित महाधिवेशन हुन सक्दैन– देउवा पक्ष

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com