ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टोखाबाट बरामद २५ करोड बराबरको विदेशी मुद्राका मालिक ३५ लाख धरौटीमा छुटे


abc news
श्रावण ९, २०८२ शुक्रबार   १२ : १२   बजे

काठमाडौ ९ साउन । टोखामा समातिएको २५ करोड बराबरको विदेशी मुद्राका मालिक भनिएका व्यक्ति ३५ लाख रुपैयाँ धरौटीमा छुटेको खुलेको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका(४ का नारायण पौडेल जिल्ला अदालत काठमाडौंबाट ३५ लाख धरौटीमा छुटेको खुलेको हो।

अदालतका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार पौडेल गत असार ३२ गते हाजिर भएका थिए।

न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको इजलासले उक्त घटनामा सुनुवाइ गरी पुर्पक्षको लागि ३५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।

उक्त धरौटी बुझाएर पौडेल रिहा भइसकेका छन्।

गत चैत ४ गते काठमाडौंको टोखाबाट प्रहरीले ट्रक र २५ करोड बराबरको विदेशी मुद्रा बरामद गरेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झोरबाट नारायणी प्रदेश(७ ख १६५२ नम्बरको ट्रक र चालक कुशाङ लामालाई नियन्त्रणमा लिएको थियो।

गाडीभित्र फल्सबटम बनाएर १३ लाख ७५ हजार १५० युरो र ३ लाख २० हजार ८५० डलर बरामद भएको थियो।

अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको थियो।

राजश्व अनुसन्धान विभागले अनुसन्धान गरी यसमा पक्राउ परेका कुशाङ लामा भरियामात्रै भएको निष्कर्ष निकालेको थियो।

उक्त रकमको मालिक भने सिन्धुपाल्चोकका नारायण पौडेल भएको निष्कर्ष निकालेको थियो।

पौडेल पक्राउ भने परेनन्। उनी फरार रहेकै अवस्थामा विभागले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।

विदेशी विनिमय ९नियमित गर्ने० ऐन २०१९ अन्तर्गत मुद्दा दायर हुँदा जिल्ला अदालतले कुशाङलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो।

कुशाङलाई वैशाख ३ गते न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले थुनामा पठाएको थियो

तर मालिक भनिएका व्यक्ति भने धरौटीमा छुटेका हुन्।

को हुन् नारायण पौडेल?

सिन्धुपाल्चोकका नारायण पौडेल विवादित पृष्ठभूमिका व्यक्ति हुन्। उनका चार दाजुभाइ मध्ये उनी माहिलो हुन्।

दाजुभाइहरू राजनीतिक पृष्ठभूमिकै व्यक्तिसमेत रहेको खुलेको छ। जेठो ध्रुव पौडेल नेकपा ९एमाले० मा आवद्ध छन्। उनी एक पटक फुल्पिङकट्टीका गाविस अध्यक्षसमेत भएका थिए।

साइलो बच्चु हिमालय सीमा व्यापार संघका पूर्वअध्यक्ष भइसकेका व्यक्ति हुन्। कान्छो राजकुमार पौडेल भोटेकोशी गाउँपालिकाका अध्यक्षसमेत भइसकेका व्यक्ति हुन्। उनी २०७४ मा नेकपा ९माओवादी केन्द्र० बाट अध्यक्ष बनेका थिए।

उनले २०७९ को चुनावमा पनि प्रतिस्पर्धा गरेका थिए। तर उनी नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए।

एक जना प्रहरी अधिकृतका अनुसार चार जना दाजुभाइकै आपराधिक पृष्ठभूमि देखिन्छ।

‘उनीहरू चारै जनाको पृष्ठभूमि आपराधिक देखिन्छ। रक्तचन्दन, सुन, विदेशी मुद्रा अपचलन ९हुण्डी० मा संलग्न भएको देखिएको हो,’ ती अधिकृतले भने, ‘अहिले नाम आएका नारायणको पनि पृष्ठभूमि त्यस्तै खालको हो।’

नारायण यसअघि विदेशी मुद्रा अपचलनकै कसुरमा पक्राउ परी धरौटीमा रिहा भएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group