काठमाडौ ९ साउन । पाकिस्तानले तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा बङ्गलादेशलाई ७४ रनले हराउँदै शृङ्खला स्वीप हुनबाट जोगिएको छ ।
ढाकामा हिजो भएको खेलमा पाकिस्तानले टस हारेर पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाउँदै १७८ रन बनायो । जवाफमा बङ्गलादेश १६ ओभर ४ बलमा १०४ रनमै समेटियो ।
यसअघि बङ्गलादेशले पहिलो खेल ७ विकेट र दोस्रो खेल ८ रनले जित्दै इतिहासमै पहिलो पटक पाकिस्तानविरुद्ध टी–२० शृङ्खला जितेको थियो । शृङ्खला भने बङ्गलादेशले २–१ ले आफ्नो पक्षमा पारिसकेको छ ।








प्रतिक्रिया दिनुहोस्