ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेशमा खडेरीले मर्कामा परेका किसानलाई उचित राहतको व्यवस्था गर्ने सरकारको तयारी


abc news
श्रावण ९, २०८२ शुक्रबार  ११ : १६ बजे

काठमाडौ ९ साउन । कृषि मन्त्रालयले मधेशका किसानका लागि राहतसहितको कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ ।

विपद् सङ्कटग्रस्त क्षेत्रमा तत्कालै आवश्यक पर्ने विषयमा अध्ययन गर्न प्रभावित क्षेत्रमा टोली पनि खटिएको छ । टोलीको रायसुझावका आधारमा किसान केन्द्रित कार्यक्रम लैजाने मन्त्रालयको योजना छ ।

मन्त्रालयका अनुसार खानेपानी र बालीको उत्पादन लिन आवश्यक सिँचाइका लागि अल्पकाल र दीर्घकालका योजनासहित काम हुनेछ ।

मधेश प्रदेशमा कुल खेतीयोग्य जमिनको आधा पनि रोपाइँ हुन सकेको छैन । अब धानको रोपाइँ भए पनि त्यसले पर्याप्त उत्पादन दिन सक्ने सम्भावना कम हुन्छ ।

त्यसैले खेतियोग्य जग्गाजमिन त्यसै राख्नुभन्दा वैकल्पिक बाली लगाउन किसानलाई प्रोत्साहन गर्ने गरी काम हुने मन्त्रालयले जनाएको छ ।

त्यसमा मुख्यगरी कम पानीमै उत्पादन लिन सकिने कोदो र कोदोजन्य बाली प्रमुख हुन सक्ने कृषि मन्त्रालयका सहसचिव डा।रामकृष्ण श्रेष्ठले बताउनुभयो ।

कृषि विज्ञहरूले धान उत्पादनको सोझो सम्बन्ध देशको कुल गार्हस्थ्य उत्पादनसँग हुने भएकाले अहिलेको सङ्कटको तत्काल व्यवस्थापन खोज्न र किसानलाई आवश्यक राहत उपलब्ध गराउन जोड दिएका छन् ।

नेपालमा कृषिले कुल गार्हस्थ्य उत्पादनको एक चौथाइ हिस्सा ओगट्छ । त्यसमा धान उत्पादनको प्रमुख भूमिका रहन्छ । गएको वर्ष धान उत्पादन ५९ लाख मेट्रिक टन नाघेको थियो ।

नेपालको कुल धानमध्ये एक तिहाइ मधेश प्रदेशमा उत्पादन हुने गर्छ । तर यसवर्ष मधेश सुक्खा खडेरीको चपेटामा परेको छ ।

अवस्था जटिल बनेपछि असार अन्तिम हप्ता प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गर्‍यो । अस्ति बुधवार सङ्घीय सरकारले मधेशलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सम्बन्धित

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध मुद्दा

रविमाथिको अभियोग फिर्ता विवादमा आज पनि सुनुवाइ सकिएन

आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने

सर्वोच्च अदालतको फैसला नआई कांग्रेसको नियमित महाधिवेशन हुन सक्दैन– देउवा पक्ष

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com