ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘संसद् जनताको भरोसा होइन, सत्ताको थिएटर बन्न पुगेको छ’


abc news
श्रावण ८, २०८२ बिहीबार  ५ : ०७ बजे

काठमाडौ ८ साउन । नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्ती मगरले संसद्‍मा सभामुखको भूमिकामाथि प्रश्न उठाएका छन् ।

सांसद घर्ती मगरले संसद् सिंहदरबारको कार्यालय सत्र जस्तै बनेको भन्दै प्रतिपक्षी दलका सांसदहरूले बैठक बहिष्कार गर्दा पनि सभामुखले एक पक्ष ढंगले सदन चलाउने प्रयास गर्नु सदनको अपमान भएको बताए ।

सभामुखको अनुपस्थितिमा सभामुखको कुर्सीबाट गरिने नाटकको रियलसल जस्तो दृश्यहरूले संसद्‍को गरिमालाई झनै कमजोर बनाएको उनको टिप्पणी छ ।

उनले भने, ‘संसद् जनताको भरोसा होइन, सत्ताको थिएटर बन्न पुगेको छ ।’

देशमा बाढीपहिरोबाट हजारौ्र नागरिक विस्थापित छन् तर सरकारको तर्फबाट उद्धार र राहतलाई लिएर कुनै ठोस कार्ययोजना प्रस्तुत नभएको उनको भनाइ थियो ।

‘विशेष त तराई र ग्रामीण क्षेत्रमा पिउने पानीको चरम संकट छ । मिटर ब्याज पीडित सहकारी पीडितहरू न्यायको पर्खाइमा छन् तर सरकार कानमा कान हालेको भेषमा मौन छ,’ उनले भने ।

निजामती विधेयकमा कुलिङ अफ पिरियड सम्बन्धी भएको हेराफेरी संसदीय छानबिन समिति बनेर छानबिन गरिरहेकै समयमा राष्ट्रिय सभामा एमाले संसद्‍बाट कुलिङ पिरियड हटाउने संशोधन प्रस्ताव दर्ता हुनु र त्यसमा सरकारको मौन रहनुले सरकारको योजनाबद्ध चलखेलको अश्लियत उदाङ्गो भएको उनको भनाइ छ ।

‘संघीयता कार्यान्वयन गर्ने कानुन बन्नु त परको कुरा पहिले भएका कानुन कारण नै भएका छैनन् । संघीयता एकै पटक संघ को विषय मात्र बनेर होइन प्रदेश र स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउने विधि श्रृंखला हो, तर त्यसमा सरकारले प्रतिबद्धता देखाउन सकेको छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

दुर्गा प्रसाईं फेरि पक्राउ

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

झापा–५ : उम्मेदवारको भिडभन्दा बाहिर उभिएको जनताको प्रश्न

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

चुनावअघि मन्दिर धाउँदै रास्वपा नेताहरू (भिडिओ/तस्विरसहित फिचर)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com