ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परराष्ट्रमन्त्री र मुख्यसचिवसँग नवनिर्वाचित परिसंघ पदाधिकारीको छलफल


abc news
श्रावण ८, २०८२ बिहीबार  ३ : ३६ बजे

काठमाडौ ८ साउन । नेपाल उद्योग परिसंघले परराष्ट्रमन्त्री आरजु राणा देउवा र मुख्यसचिव एकनारायण अर्यालसँग छुट्टाछुट्टै छलफल गरेको छ ।

परराष्ट्रमन्त्री राणासँगको छलफलमा परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डेले आर्थिक कूटनीतिलाई जोड दिनुपर्ने बताए । उनले स्वदेशी लगानीले मात्रै देशले लिएको लक्ष्य हासिल गर्न सम्भव नभएको हुँदा वैदेशिक लगानी आकर्षित गर्ने कानुनी, नीतिगत एवं सहज व्यावसायिक वातावरण बनाउन आवश्यक रहेको बताए ।

उनले देशगत विशिष्ट आर्थिक रणनीति बनाउन, विदेशी बजारमा नेपाली वस्तु प्रवर्द्धन गर्न नेपाली दूतावास तथा नियोगलाई प्रभावकारी परिचालन गर्नुपर्नेमा जोड दिए ।

परिसंघले आगामी एक दशकभित्र मुलुकको अर्थतन्त्रको आकार १ खर्ब अमेरिकी डलर बराबर पुर्‍याउने र दोहोेरो अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको उनले बताए । यसका लागि सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास समेत व्यक्त गरे ।

परराष्ट्रमन्त्री देउवाले स्वदेशीसँगै विदेशी लगानी बढाउन सरकारले कानुनी एवं नीतिगत सुधार प्राथमिकतामा राखेको बताइन् । सरकारले केही कानुन संशोधन गरिसकेको उदाहरण दिँदै उनले अन्य कानुन संशोधन गर्न लागेको समेत जानकारी गराइन् ।

उनले निजी क्षेत्रलाई प्रवर्द्धन नगरेसम्म आर्थिक विकास सम्भव नहुने हुँदा निजी क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर रहेको बताइन् ।

यसैगरी मुख्यसचिव अर्यालले नवनिर्वाचित परिसंघ टिमलाई बधाइ दिँदै उद्योग र निजी क्षेत्रविना अर्थतन्त्र अगाडि बढ्न सक्दैन भन्नेमा स्पष्ट रहेको बताए ।

निजी क्षेत्रको लगानी अभिवृद्धि गर्न सरकारले कानुनी एवं नीतिगत सुधार प्राथमिकतामा राखेको उनले बताए । आर्थिक क्षेत्र, औद्योगिक विकास एवं वनसँग सम्बन्धित लगायत अन्य करिब १ सय २० वटा कानुन सरकारले संशोधनको तयारी गरिरहेको बताए ।

समग्र अर्थतन्त्रको विकासका लागि क्षेत्रगत रूपमा सुझाव दिनसमेत उनले आग्रह गरे । मुख्यसचिव अर्यालले स्वदेशी उत्पादन प्रयोग बढाउन सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग सम्बन्धी निर्देशिका ल्याएको बताए ।

उनले सार्वजनिक खरिद ऐन संशोधन गरी अनिवार्य स्वदेशी वस्तु प्रयोग गर्नुपर्ने व्यवस्था गर्न लागिएको समेत जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सम्बन्धित

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध मुद्दा

रविमाथिको अभियोग फिर्ता विवादमा आज पनि सुनुवाइ सकिएन

आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने

सर्वोच्च अदालतको फैसला नआई कांग्रेसको नियमित महाधिवेशन हुन सक्दैन– देउवा पक्ष

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com