ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेफ्री एप्स्टिन मुद्दामा ट्रम्प प्रशासनलाई झट्का


abc news

काठमाडौ ८ साउन । अमेरिकामा जेफ्री एप्स्टिनको मृत्युको मामिलाले नयाँ मोड लिएको छ । अमेरिकाका एक न्यायाधीशले बुधबार जेफ्री एप्स्टिनको पुरानो ग्रान्ड जुरी गोपनीय जाँच०को प्रतिवेदन सार्वजनिक गर्न गरेको ट्रम्प प्रशासनको माग खारेज गरेका हुन् ।

यो मामिलाको सुनुवाइका क्रममा फ्लोरिडाको वेस्ट पाम बिचका अमेरिकी जिल्ला न्यायाधीश रोबिन रोसेनबर्गले ती दस्ताबेज सार्वजनिक गर्नुपर्ने असाधारण कानुनमा उल्लेख परिस्थिति नभएको बताए ।

हालै अमेरिकी न्याय विभागले राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकबीच फैलिरहेका षड्यन्त्रका सिद्धान्त ९कन्सपिरेन्सी थ्यौरी०लाई रोक्न उक्त अनुरोध गरेको थियो । फैलिरहेका षड्यन्त्रका सिद्धान्त ९कन्सपिरेन्सी थ्यौरी०को दाबीअनुसार एप्स्टिनका ग्राहकलाई शक्तिका आडमा जोगाइएको, उनका अपराधका भिडियो लुकाइएको र प्रमाण दबाइएको जनाइएको छ ।

सन् २००८ मा एप्स्टिनले फ्लोरिडामा सरकारी वकिलसँग आफूमाथि गम्भीर आरोप नलगाउन सम्झौता गरेका थिए । उनले नाबालिगसँगको यौन कारोबार र वेश्यावृत्तिको मामिलामा सजाय पाएका थिए ।

त्यसपछि सन् २०१९ मा उनलाई फेरि यौन तस्करीको आरोपमा गिरफ्तार गरिएको थियो । करिब एक महिनापछि उनी न्युयोर्कको जेलमा मृत अवस्थामा फेला परेका थिए । उनको मृत्युलाई आत्महत्या भनिएको थियो । एप्स्टिनकी सहयोगी घिसलेन म्याक्सवेललाई पनि पक्राउ गरिएको थियो ।

अमेरिकाभर यो विषयमा चर्चा हुनुको प्रमुख कारण एप्स्टिन र म्याक्सवेलको सम्बन्ध धेरै चर्चित व्यक्तिहरूसँग थियो भन्ने छ । यसमा राजपरिवारका सदस्य, पूर्वराष्ट्रपतिहरू र अर्बपतिहरू समावेश थिए ।

यो विषयमा ट्रम्प समर्थकबीच विभिन्न षड्यन्त्रका सिद्धान्त फैलिएको छ न्युयोर्कमा यस्तै अर्को विषयमा दस्ताबेज सार्वजनिक गर्ने माग विचाराधीन छ ।

यो विषयमा उल्लेखनीय के छ भने, जेफ्री एप्स्टिन एक धनी फाइनान्सर थिए । उनीमाथि कम उमेरका किशोरीको यौनशोषण र तस्करीको गम्भीर आरोप लगाइएको थियो । उनीमाथि मुद्दा चलिरहेका बेला सन् २०१९ मा न्युयोर्कको जेलमा मृत अवस्थामा फेला परेका थिए । उनको मृत्युका विषयमा अझै पनि शंका र षड्यन्त्रका सिद्धान्त चलिरहेका छन् । एपीबाट ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

सम्बन्धित

गगन पक्षले कांग्रेसको आधिकारिकता दाबी गर्नु लोकतन्त्र माथिको षड्यन्त्र–देउवा पक्ष

केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस

२०२५ की नोबेल शान्ति पुरस्कार विजेताले ट्रम्पलाई हस्तान्तरण गरिन् पदक

मधेश प्रदेशमा हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com