ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युरोपेली सङ्घ र अमेरिकाबीच व्यापार वार्ताका लागि नयाँ समाधान खोज्ने प्रयास


abc news

काठमाडौ ८ साउन । युरोपेली सङ्घ ९ईयू० र अमेरिकाबीच व्यापार वार्ताको समाधानको नयाँ प्रयास शुरू भएको छ । हिजो ईयूका प्रमुख व्यापार प्रतिनिधि मारोस सेफ्कोभिकले अमेरिकी वाणिज्य सचिव हावार्ड लुटनिकसँग टेलिफोन संवाद गर्ने तय भएसँगै व्यापार वार्ताको नयाँ चरण शुरु भएको समाचार संस्था एएफपीले जनाएको छ ।

यसलाई युरोपेली सङ्घ र अमेरिकाबीच व्यापार वार्ता समाधानको प्रयासका रुपमा लिइएको छ । यो उच्चस्तरीय संवादलाई निकै संवेदनशील र महत्त्वपूर्ण मानिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ भित्र कुनै व्यापार सम्झौता हुन नसकेमा युरोपेली सङ्घका वस्तुहरूमा ३० प्रतिशतसम्म भन्सार शुल्क लगाउने सम्भावना रहेको सङ्केत यसअघि नै गरिसक्नु भएको छ ।

यस्तो अवस्थामा युरोपेली संघले पनि आफ्ना आर्थिक हितलाई सुरक्षित राख्न सक्ने विकल्पहरूको तयारी भइरहेको खबरमा उल्लेख छ ।

युरोपेली आयोगका प्रवक्ता ओलोफ गिलले आफूहरुको प्राथमिक उद्देश्य आपसी समझदारीमा आधारित समाधान निकाल्नुरहेको बताउनु भएको छ ।

त्यसैअनुसार अहिले प्राविधिक र राजनीतिक दुवै तहमा निरन्तर संवाद भइरहेको छ । अब हुने टेलिफोन संवादपछि युरोपेली आयोगले आफ्ना सदस्य राष्ट्रहरूलाई वार्ताको प्रगति र सम्भावित परिणामहरूको बारेमा जानकारी दिने योजना बनाएको छ ।

अहिले सम्म युरोपेली सङ्घले दुईवटा छुट्टाछुट्टै शुल्क प्रस्ताव तयार पारेको छ । पहिलो प्रस्तावमा करिब ७२ अर्ब युरो अर्थात ८४ अर्ब अमेरिकी डलर बराबरका अमेरिकी वस्तुहरू समेटिएका छन् ।

दोस्रो प्रस्ताव भने अघिल्लो वर्ष राष्ट्रपति ट्रम्पले स्टिल इस्पात र एल्युमिनियममा लगाएको भन्सार शुल्कको प्रतिक्रिया स्वरूप बनाइएको हो । जसमा करिब २१ अर्ब युरो बराबरका वस्तुहरू समावेश छन् ।

अब यी दुवै प्रस्तावलाई समेटेर एउटै साझा सूची तयार गरिने तयारी गरिएको छ । जुन आवश्यक परे अगस्ट ७ देखि लागू गर्न सकिने खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com