ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रगत चेकजाँच गरेरमात्र विवाह गर्न एड्स संक्रमितको सुझाव


ABC NEWS


लिबाङ, रोल्पा, २० चैत (रासस) ः प्रवासीसँग विवाह गर्नुपूर्व रगत चेकजाँच गरेर मात्र विवाह गर्न एचआइभी एड्स संक्रमित महिलाले सुझाव दिएका छन् ।

विवाहपूर्व होस् वा विवाहपश्चात् एड्स संक्रमित बनेका श्रीमान्का कारण आफूहरु पनि एचआइभी एड्स संक्रमणको शिकार बन्नुपरेपछि उनीहरुले यस्तो सुझाव दिएका हुन् । हामीले त श्रीमान्का कारण सजाय पायौँ तर तपाइँहरु शुरुमै सचेत बन्नुपर्छ, उनीहरुले एउटै आवाजमा भने ।

रोल्पा नगरपालिकाकी २५ वर्षीया युवती श्रीमान्का कारण एचआइभी एड्स संक्रमित बन्नुभएको छ । परिवारको मन्जुरीमा उहाँको विवाह भएको थियो । “रोजगारीका शिलशिलामा भारतमा बस्दै आएका युवासँग विवाह गरिदिए छोरीले सुख पाउली भनेर बाआमाले दिनुभयो तर विवाह भएको केही वर्षपछि ममा पनि एचआइभी संक्रमण देखियो, हाल म पनि संक्रमित भएर बाँचिरहेकी छु” उहाँले भन्नुभयो ।

यस्तै, फगाम, रोल्पाकी ३९ वर्षीया एक महिला पनि श्रीमान्कै कारण एचआइभी एड्स संक्रमित हुनुभएको छ । उहाँमात्र होइन उहाँको श्रीमान्का कारण उहाँको गर्भबाट जन्मिएका दुई सन्तानसमेत एचआइभी एड्सको शिकार बनिरहेका छन् । केही वर्ष पहिले उहाँका श्रीमान्को निधन भएपछि त यो परिवारलाई जीवन धान्न नै हम्मेहम्मे पर्दै आएको छ ।

यस्तै, माडी गाउँपालिकाको बूढा परिवारकी ३८ वर्षीया एक महिलालाई गएको माघ महिनामा सुत्केरी हुने क्रममा रगत जाँचका क्रममा एचआइभी एड्स संक्रमण देखियो । उहाँमा संक्रमण देखिएपछि उहाँका श्रीमान्को पनि रगत चेकजाँच भयो । सो क्रममा उहाँका श्रीमान् पनि एचआइभी एड्स संक्रमित भएको पुष्टि भयो ।

त्यतिमात्र होइन उहाँको गर्भबाट जन्मिएको नवजात शिशुमा पनि एचआइभी एड्स संक्रमण देखिएपछि उहाँको सिंगो परिवार नै एचआइभी एड्सको शिकार बनेर बाँचिरहेको छ ।

यो जोडी आजभन्दा करीब साढे एक वर्ष पहिलेमात्र विवाह बन्धनमा बाँधिएको थियो । वैदेशिक रोजगारीबाट फर्किएका युवकसँग सुखी जीवन बिताउने सुन्दर सपना देखेर विवाह बन्धनमा बाँधिएकी बूढालाई श्रीमान्का कारण आफू र आफ्नो सन्तानसमेत एचआइभी एड्स संक्रमण बन्नुपरेपछि नैराश्यता उत्पन्न हुनेमात्र होइन जीवनदेखि नै घृणा लाग्न थालेको छ ।

उहाँ निर्दाेष हुनुहुन्छ तर पनि संक्रमित भएकै कारण उहाँले समाजमा तिरस्कृत भएर बाँच्नु परेको छ । “समाजले छिछिदुर्दुर् गर्दा मन रुन्छ । श्रीमान्का कारण आज समाजमा शिर झुकाएर बाँच्नुपर्ने दिन आयो” आँशुका धारा बगाउँदै उहाँले भन्नुभयो । निर्दाेष हुँदाहुँदै पनि समाजबाट तिरस्कृत भएर बाँच्नु पर्दाको पीडा सायद अन्य व्यक्तिले अनूभूतिसम्म गर्न सक्दैनन् होला” उहाँले भक्कानिँदै भन्नुभयो ।

यसरी आफू गलत चरित्रको नहँुदा नहुँदै र परपुरुषसँग शारीरिक सम्पर्कमा नजाँदा नजाँदै पनि एचआइभी एड्स संक्रमित भएर बाँच्नुपरेको हुँदा अबका दिनमा विवाह बन्धनमा बाँधिन चाहने सबै युवायुवतीले विवाहपूर्व वा शारीरिक सम्पर्कमा जानु अगाडि प्रवासीमा एचआइभी एड्स संक्रमण भए नभएको पत्ता लगाउन रगत जाँच गरेरमात्र विवाह गर्नुपर्ने बूढाले बताउनुभएको हो ।

आफूले विवाहपूर्व श्रीमान्को रगत चेकजाँच गरेर विवाह गरेको भए आज आफ्नो यो अवस्था नहुँने बताउँदै उहाँले विवाह बन्धनमा बाँधिनुभन्दा पहिले नै रगत चेकजाँच गर्नुपर्ने सुझाव दिनुभएको छ ।

करीब १८ वर्ष भारतको गढवालतिर रोजगारीमा बिताएर फर्किएका उहाँका श्रीमान्लाई समेत आफू एचआइभी एड्स संक्रमित भएकोबारे कुनै किसिमको जानकारी थिएन । तर हतारको निर्णयले उहाँलाई जीवनभर पछुताउनुबाहेक केही बाँकी छैन । अन्तमा आफूले असुरक्षित यौन सम्पर्क राखेका कारण संक्रमित बनेको उहाँले स्वीकारी सक्नुभएको छ भने संक्रमित बनेर बाँच्नु परेकोमा उहाँलाई पनि निकै पश्चाताप परिरहेको छ ।

रोल्पा प्लसका अध्यक्ष राधा विकका अनुसार रोल्पामा यी जोडीमा मात्र होइन विवाह पछि वा विवाह अघि गरेर हालसम्म करीब २७ जना महिलामा श्रीमान्का कारण एचआइभी एड्स संक्रमण देखिएको छ । यसैगरी, जिल्लामा करीब छ जोडीबाट जन्मिएका सन्तानसमेत एचआइभी संक्रमित भएको तथ्य बाहिर आइसकेको छ ।

“अविवाहित युवा तथा बाँकी जिन्दगी सुन्दर बनाउने सपना देखाएर विदेशिएका श्रीमान् एचआइभी एड्स संक्रमित भएर घर फर्कनु र यस्को असर श्रीमती वा छोराछोरीमा पर्न जानुले पनि पछिल्लो पुस्तालाई सचेत बन्न जरुरी देखिन्छ” व्यापारी रीता देवकोटाले भन्नुभयो ।

उहाँका अनुसार श्रीमान्को कुकर्मको सजाय श्रीमती वा सन्तानले पाउनुभन्दा पहिले वा प्रवासीसँग शारीरिक सम्पर्कमा रहनुभन्दा पहिले रगत चेकजाँच गर्नसके पनि एचआइभी एड्सको संक्रमणबाट बच्न सकिन्छ । यस विषयमा सबै युवायुवती तथा प्रवासीका श्रीमान् श्रीमतीसमेत सचेत बन्न उहाँको सुझाव छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com