ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी विभाजन गर्न खोज्ने तत्वसँग जोगिनू- केपी ओली


abc news
श्रावण ५, २०८२ सोमबार  २ : २१ बजे

काठमाडौ ५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्नसक्ने तत्वहरूबाट जोगिएर अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

सोमबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले पार्टी बाहिर र भित्र विभिन्न तत्वहरू विभाजित गर्नेगरी लागेको भन्दै त्यसबाट जोगिन आग्रह गरे ।

‘हामी नितान्त पार्टीको आन्तरिक छलफलसँग जोडिएर छलफल गर्छौं । हामी पार्टीलाई वैचारिक हिसाबले गन्तव्य स्पष्ट गरेर पार्टीलाई अघि बढाउनेगरी लाग्नुपर्नेछ,’ उनले भने, ‘पार्टीका बाहिर र भित्रि तत्वलाई चलाएर विभाजित गर्ने तत्वहरू आए । त्यो अहिले पनि हुनसक्छ । त्यसलाई जोगाएर अघि बढ्नुपर्छ ।’

साथै, उनले अहिले पार्टी रुपान्तरणको बेला भएको र सानातिना अन्तरविरोधमा नफस्न पनि आग्रह गरे ।

‘यो पार्टी रुपान्तरणको निम्ति, जनताको निम्ति बनेकाले सानातिना अन्तरविरोधमा नफस्न केन्द्रीय कमिटीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनले हिजो पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग अध्यक्ष ओलीको भेटवार्ताका क्रममा धेरै कुरा खुला र स्पष्ट ढंगबाट भएको पनि जानकारी गराए ।

‘नेपालको राष्ट्रिय राजनीतिक कसरी अघि बढेको छ, नेकपा एमाले कसरी निशाना बनिरहेको छ, नेकपा एमालेलाई विभाजित गर्ने तत्व कसरी सलबलाइरहेका छन् । त्यसपछि विधान अधिवेशनको तयारीका बारेमा खुला छलफल गर्नुभएको छ । हाम्रा बीचमा कुनै मतभेद छैन भन्नुभएको छ,’ गौतमले जानकारी गराए ।

केन्द्रीय कमिटीका सदस्यहरूलाई ओलीले विधान संशोधनसम्बन्धी मुद्दामा पनि आ–आफ्ना धारणा राख्न भनेका छन् ।

‘विधान संशोधनसम्बन्धी मुद्दामा पनि आफ्ना राय राख्नुहोस् भन्नुभएको छ । यस्ता प्रश्नहरूमा गहन छलफल गर्नुपर्छ भन्ने विषयमा उहाँ क्लियर हुनुहुन्छ,’ गौतमले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

दुर्गा प्रसाईं फेरि पक्राउ

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com