ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनसँग शान्ति सम्झौताका लागि रुसी राष्ट्रपति पुटिन तयार


abc news

काठमाडौ ५ साउन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति वार्ता गर्न तयार रहेको बताउनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय समुदायसँगको संबादमा रुसी पक्ष वार्तामार्फत द्वन्द्व समाधान गर्न इच्छुक रहेको सङ्केत दिनुभएको समाचारसंस्था रोयटर्सले जनाएको छ । उहाँले आफूहरु सधैं शान्तिपूर्ण समाधानको पक्षमा रहेको बताउनुभएको छ ।

यदि युक्रेन र पश्चिमी देशहरु वार्ताको मार्ग अपनाउन तयार छन् भने आफू पनि तयार रहेको राष्ट्रपति पुटिनको भनाइ छ । यो भनाइले रूस–युक्रेन युद्धको अन्त्यका लागि कूटनीतिक प्रयासलाई पुनः सक्रिय बनाउने सङ्केत दिएको खबरमा उल्लेख छ । यद्यपि, युक्रेनी सरकार र उसका सहयोगी पश्चिमी देशहरू अझै कडा सर्तमा मात्र वार्तामा बस्ने अडानमा छन् ।

यसैबीच युद्धग्रस्त क्षेत्रहरूमा हिंसा यथावत् रहँदै आएको छ, तर पुटिनको यो अभिव्यक्ति शान्ति प्रक्रिया अगाडि बढाउन सम्भावित खाका हुनसक्ने विश्लेषकहरूले बताएका समाचारमा भनिएको छ । गएको सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि नयाँ करको घोषणा गर्ने र युक्रेनलाई शक्तिशाली सैन्य हतियार दिने बताउनुभएको थियो ।

यसअघि ट्रम्पले रुसलाई युद्धविराममा सहमत हुन वा थप प्रतिबन्धहरुको सामना गर्न ५० दिनको समय दिनुभएको थियो । युक्रेनमाथि लगातार हमला गरेको भन्दै ट्रम्प पछिल्लो समय पुटिनसँग चिढिनु भएको थियो । तीन वर्ष अघि शुरु भएको रुस–युक्रेन युद्धमा अहिले सम्म ठूलो मानवीय र भौतिक क्षति भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com