ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज साउनको पहिलो सोमबार: किन गरिन्छ शिवजीको पूजा तथा आराधना ?


abc news
श्रावण ५, २०८२ सोमबार  ७ : ११ बजे

काठमाडौँ, ५ साउन । श्रावण महिना शिवभक्तहरूको विशेष महिना मानिन्छ । श्रावण महिनाको विधिपूर्वक सोमबार व्रत गर्नुपर्दछ । समर्थ व्यक्तिले उपवास गर्नुपर्दछ । अथवा नक्तभोजन गर्नुपर्दछ । विशेष गरेर प्रदोष आदि गुणले सम्पन्न श्रावणको सोमबारका दिन शिव पूजाको ठुलो महत्त्व छ ।

प्रदोष आदि नभए पनि सोमबारका दिन शिवको पूजा तथा आराधना गर्नुपर्दछ । यसरी जसले श्रावणको सोमबारका दिन भगवान् शिवको आराधना गर्दछन् तिनीहरूका निमित्त इहलोक र परलोकमा दुर्लभ भन्ने वस्तु हुँदैन ।

सोमबारको व्रत लिने मानिसले पवित्र भएर आफ्ना इन्द्रियहरूमाथि संयम गरी वैदिक अथवा लौकिक मन्त्रहरूद्वारा विधिवत् शिवको पूजा गर्नुपर्दछ । ब्रह्मचारी, गृहस्थ, विवाहित वा अविवाहित नारीले सोमबारको दिन शिवको आराधना गर्दछन् ।

आफूले चिताएको फाल प्राप्त गर्दछन् । यस महिनामा व्रत, पूजा र उपासना गरी पुण्य प्राप्ति, मनोकामना पूर्ति र शारीरिक मानसिक शुद्धिको कामना गरिन्छ । सन्तानहीन व्यक्तिले सन्तान प्राप्त गर्दछन्, निर्धन समृद्धिशाली बन्दछ र विद्या नभएको मानिसले विद्या प्राप्त गर्दछ भन्ने कुरा धर्मका ज्ञाताहरूले बताएका छन् ।

शिव पुराणमा उल्लेख भएअनुसार समुन्द्र मन्थन गर्दा निस्किएको कालकुट विष शिव भगवान्ले साउन महिनामा नै निलेको र पछि सन्सारको रक्षा भएको विश्वास गरिन्छ । ज्योतिषीय दृष्टिकोणले पनि साउन महिना आरम्भ भएसँगै सूर्य कर्कट राशिमा प्रवेश गर्दछ ।

साउन महिनामा सूर्य कर्कट राशिमा हुँदा चन्द्रमा सशक्त हुन्छ । सोमवारको स्वामी भगवान् शिव भएकोले यो दिन शिवजीको विशेष पूजा आराधना गरिन्छ ।

शिवजीले चन्द्रमालाई शिरमा धारण गर्ने हुनाले चन्द्रमालाई मनको कारक मानिन्छ । चन्द्रमालाई मानसिक शान्ति, चित्त स्थिरता र सन्तुलित भावनासँग सम्बन्धित मानिने हुनाले यो महिना विशेष मानिन्छ ।

सोमबारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको र मनोकामना भएको कुरा शास्त्रमा उल्लेख गरिएको छ । त्यसैले यो साउन महिना वा साउनको सोमबार व्रत, दान पूजापाठ आदी गर्नाले आफूले सोचको फल प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । शिवको आराधनाले शनि दोष, कालसर्प योग जस्ता कैयन दोष शान्त हुन्छन् भन्ने मान्यता रहेको छ ।

हिन्दु मान्यता अनुसार ब्रह्माजीलाई यो सन्सारको सृष्टिकर्ता मानिन्छ । भगवान् विष्णु पालन कर्ता र भगवान् शिव संहारकर्ता हुन् । शिवलाई ब्रह्माण्ड जीव वा प्राणको कारक मानिन्छ ।

भगवान् शिवको पूजा तथा आराधना गर्नाले पाप नाश भई सुख, सन्तान प्राप्त हुन्छ र भक्तहरूको कल्याण हुन्छ । धर्म, अर्थ, काम र मोक्ष प्राप्तिको लागी रुद्रीभिषेश गरी वैदिक मन्त्रोच्चारण सहित जलाधारले शिवको अभिषेक गरी शिव भगवान्लाई प्रसन्न पार्न सकिन्छ । अभिषेक र रुद्रीपाठ गर्नाले कामना पुरा हुन्छ भन्ने विश्वास गरिन्छ ।

व्रत विधि
सोमबारको व्रत गर्नको लागी आइतबारको राती सुत्नु भन्दा पहिला पूजा कोठा राम्ररी सफा गर्नुपर्दछ । सोमबारको बिहान पूजाको सामाग्री तयार पार्नुपर्दछ । सोमबार बिहान ब्रह्म मुहूर्तमा उठी स्नान गरी सेतो वा पहेँलो पहिरन लगाउनु पर्दछ ।

पूजा गर्नको लागी सकारात्मक सोच र मन हुनु जरुरी हुन्छ । पूजा सामग्रीमा फूल, बेलपत्र, दूध, दही, सख्खर, फलफूल, अगरबत्ती, दियो र भगवान्को शिवको मूर्ति वा फोटो तयार पार्नुपर्दछ ।

पूजा सुरु गर्नुभन्दा पहिला भगवान् शिवको प्रतिमालाई शुद्ध गर्नको लागी शुद्ध जल वा गङ्गा जल चढाउनु पर्दछ । पूजा कोठा वा मन्दिर अगाडी बसेर भगवान् शिवजीलाई पञ्चामृत अभिषेक गर्नुपर्दछ र शान्त मनले सङ्कल्प गर्नुपर्दछ ।

पञ्चामृत चढाइसकेपछि क्रमशः दूध, दही, मह, घिउ र सख्खर चढाई पूजा गर्नुपर्दछ । र अन्तमा सुद्ध जल वा गङ्गाजलले अभिषेक गर्नुपर्दछ । त्यसपछि ॐ नमः शिवाय या महामृत्युञ्जय मन्त्रको जप गर्नुपर्दछ ।

अभिषेक गरिसकेपछि बेलपत्र, सेतो फूल, फलफूल चढाई अगरबत्ती अर्पित गर्नुपर्दछ । उपलब्ध हुन्छ भने धतुरो, भाङ र चन्दन चढाउनु पर्दछ । दीपक वा अगरबत्ती चलाएर केही समय भगवान् शिवको प्रार्थना गर्नुपर्दछ ।

सोमबारको व्रत कथा वाचन गरी सुन्नु वा सुनाउनु पर्दछ । शिव चालिसा, रुद्राष्टक वा लिंगाष्टकको पनि पाठ गर्न सकिन्छ । साँझपख व्रत समापन गर्नु पहिला दियो बाली शिव भगवान्लाई बेलपत्र चढाई निम्न मन्त्रद्वारा आरती गरी पूजा गर्नु पर्दछ ।

ॐ जय शिव ॐ कारा
ॐ जय शिव ॐ कारा, स्वामी जय शिव ॐ कारा।
ब्रह्मा, विष्णु, सदाशिव, अर्द्धांगी धारा॥ ॐ जय शिव।।।
एकानन चतुरानन पंचानन राजे,
हंसानन गरुड़ासन वृषवाहन साजे॥ ॐ जय शिव।।।
दो भुज चार चतुर्भुज दस भुज अति सोहे,
त्रिगुण रूप निरखते, त्रिभुवन जन मोहे॥ ॐ जय शिव।।।
अक्षमाला वनमाला मुण्डमाला धारी,
त्रिपुरारी कंसारी कर माला धारी॥ ॐ जय शिव।।।
श्वेताम्बर पीताम्बर बाघम्बर अंगे
सनकादिक गरुणादिक भूतादिक संगे॥ ॐ जय शिव।।।
कर के मध्य कमण्डलु चक्र त्रिशूल धर्ता,
जगकर्ता जगभर्ता जग संहारकर्ता॥ ॐ जय शिव।।।
ब्रह्मा विष्णु सदाशिव जानत अविवेका,
प्रणवाक्षर में शोभित यह त्रिवेद का टीका॥ ॐ जय शिव।।।
शिव ॐ कारा शिव ॐ कारा हर ॐ कारा,
ब्रह्मा विष्णु सदाशिव अर्द्धांगी धारा॥ ॐ जय शिव।।।
ॐ जय शिव ॐ कारा, स्वामी जय शिव ॐ कारा।
ब्रह्मा विष्णु सदाशिव अर्द्धांगी धारा॥ ॐ जय शिव।।।

सोमबारको दिन तिन तरिकाबाट व्रत बस्न सकिन्छ ।

१। निर्जला व्रत: पुरा दिन पानी पनि नपिई बस्न सकिन्छ र भोलिपल्ट स्नान गरी शिवजीको पूजा गरी सात्त्विक भोजन लिन सकिन्छ । यो व्रत लिँदा आफ्नो स्वास्थ्यको ख्याल गर्नु जरुरी हुन्छ ।

२। फलाहार व्रत : यो व्रतमा पूजा गरिसकेपछि फलफूल, दूध र पानी लिन सकिन्छ ।

३। एक समयको व्रत: बेलुकीपख एक पटक मात्र सात्त्विक भोजन गर्न सकिन्छ । जसमा लसुन र प्याज सामेल गर्नुहुन्न ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमबासी बस्तीमा डोजर चलाउन बन्द गर्न माग

भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)

सम्बन्धित

सुकुमबासी बस्तीमा डोजर चलाउन बन्द गर्न माग

ठमेलमा अनैतिक क्रियाकलापमा संलग्न २० विदेशी महिला पक्राउ

‘काठमाडौं महानगरमा समुदायमा आधारित रोग निगरानी प्रणाली शुरु’

U.S. Congratulates Rabi Lamichhane After Landmark Electoral Victory

भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)

श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा हराएको निवेदन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com