ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीको तर्क : ७० वर्षे लगाउने हो भने मैले जेल बसेको समय घटाउनुपर्छ


abc news
श्रावण ४, २०८२ आईतबार  ८ : १७ बजे

काठमाडौ ४ साउन । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्ने सूचना सार्वजनिक भएपछि ठूलो संख्यामा समर्थकहरू च्यासल पुगेका थिए ।

पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने योजना अध्यक्ष ओलीले शनिबारको पोलिटब्युरो बैठकमै सुनाएका थिए । पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरण, पार्टी भूमिका लगायतबारे बसेरै टुंग्याउने ओलीले बताएका थिए ।

त्यसैअनुसार ओलीले आज पूर्वराष्ट्रपति भण्डारी र उनी निकट नेताहरूसँग संवादको योजना बनाएका हुन् । स्रोतका अनुसार पूर्वराष्ट्रपति भण्डारीका बारेमा छलफल गर्नकै निम्ति वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ओलीले बालुवाटार बोलाएका थिए । पोखरेलसँगको संवाद सकेर पूर्व राष्ट्रपतिसँग कुरा गर्ने ओलीको योजना थियो ।

तर भण्डारी बालुवाटार जान मानिनन् । ‘अस्ति ३ जेठमा बालुवाटार गएर कुरा गरेकै हो, तर त्यो भेटको कुरालाई अध्यक्षले मान्यता दिनुभएन । र, सल्लाह विना राजनीतिमा आउने घोषणा गरेको कुरा भनिरहनुभएको छ’, भण्डारी निकट स्रोत भन्छ, ‘बालुवाटारको कुरा रेकर्डमा रहँदैन भने च्यासलमै बसौं भनिएको हो ।’

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणबारे छलफल हुने अभिव्यक्ति र पार्टी नेतृत्व हस्तान्तरण नगर्ने ओलीको अडानका कारणले पनि यो भेटवार्तालाई चासोका साथ हेरिएको छ । च्यासलमा शीर्ष नेताहरू र भण्डारी समर्थक युवा(विद्यार्थीको भीड लाग्नुले पनि आजको भेटवार्ताको महत्व अनुमान लगाउन सकिन्छ ।

नेताहरूकै दबाब

शनिबारको पोलिटब्युरो बैठकमा सहभागी नेताहरूका अनुसार पूर्व राष्ट्रपति भण्डारीसँग वार्तामा बस्न ओलीलाई अधिकांश नेताहरूले सुझाव दिएका थिए ।

‘पूर्व राष्ट्रपतिले राजनीतिमा सक्रिय हुने सार्वजनिक घोषणा गरिसकेपछि थप कुराकानी गर्ने दायित्व पार्टी अध्यक्षकै हुने तर्क अधिकांश पोलिटब्युरो सदस्यहरूले गरेका थिए’, एक नेताले भने । ती नेताका अनुसार लगभग बैठक हलकै सुझाव मिल्दो थियो ।

‘हिजो तपाईंहरू ९ओली र भण्डारी० मिलेर आउनुभएको हो । अब पनि मिलेरै अगाडि बढ्नुपर्छ भन्ने मत बैठकमा लगभग साझा थियो’, उनी भन्छन् । पूर्वराष्ट्रपति भण्डारीसँग वार्ता मार्फत एउटा निकास दिनुपर्छ भन्ने ओलीलाई उनी निकटकै नेताहरूले पनि दिएका थिए ।

‘दुवैतिर झुकाव राख्नेहरूले भित्र कुरा गरौं, बाहिर विभाजित अभिव्यक्ति नदिऔं भन्ने नै थियो’, अर्का पोलिटब्युरो सदस्य भन्छन् । अन्ततस् बैठक समापन गर्दै ओलीले पनि भण्डारीसँग सदस्यता नवीकरण, पार्टीमा भूमिका लगायतबारे गरेर एउटा टुंगोमा पुग्ने आश्वासन दिएका थिए ।

‘उमेर हद नमान्ने, नेतृत्व नछोड्ने’

पूर्व राष्ट्रपति भण्डारीसँग भेटेरै कुरा गर्न तयार भएका ओलीले पोलिटब्युरोका नेताहरूसँग भने नेतृत्व नछोड्ने प्रष्ट सन्देश दिएका छन् ।

बैठक स्रोतका अनुसार ओलीले पूर्वराष्ट्रपति भण्डारीप्रति चर्को आक्रोश नै पोखेका थिए । आफूसँग सल्लाह नगरी पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा आउने घोषणा गरेको, सरकार ढाल्ने षड्यन्त्रमा लागेको जस्तो आरोप ओलीले लगाएका थिए ।

‘विद्याजीलाई हामीले राष्ट्रपति बनाएको हो । पार्टीले सल्लाह गरेर पठाएको हो’, ओलीले भनेका थिए, ‘तर अहिले हामीसँग सल्लाह नगरी राजनीतिमा आउने घोषणा गर्नुभयो । सरकार फेर्ने षड्यन्त्रमा लाग्नुभयो । उहाँलाई पार्टी बाहिर छलफल गर्नु परेको छ ।’

तर पार्टी बाहिर जति छलफल गरे पनि नेतृत्व छोड्न नसकिने अडान ओलीले लिएका थिए । ‘पार्टी बाहिर छलफल गर्दै हिंड्नुभएको छ । तर नेतृत्व हस्तान्तरण गर्न सकिंदैन’, ओलीको भनाइ उद्धृत गर्दै अर्का पोलिटब्युरो सदस्यले भने ।

७० वर्षे उमेर हद कार्यान्वयन गर्न नसकिने पनि ओलीले बताएका थिए । ‘क(कसलाई ७० वर्षे उमेर हद मान्नुछ, उहाँहरूले माने हुन्छ, बिदा लिए हुन्छ’, ओलीले भनेका थिए, ‘म त कामको हिसाबले अहिले ५० वर्ष जस्तो खटिरहेको छु ।’

यदि ७० वर्षे उमेर हद लागू गर्ने हो भने आफूले १४ वर्ष जेल बसेको घटाउनुपर्ने ओलीले तर्क गरेका थिए । ‘७० वर्षे उमेर हद मान्ने हो भने मैले १४ वर्ष जेल बसेको समय घटाउनुपर्छ । जेल बस्दा मैले १४ वर्ष काम गर्न पाइनँ,’ ओलीले यसो भनिरहँदा बैठक हल हाँसोमय बनेको थियो ।

‘मैले जेल बसेको समय घटाएर उमेर गणना गर्नुस् भन्दा सबै नेताहरू हाँस्नु भयो’, ती नेता भन्छन् ।

पार्टीले जुन काम गर्दैछ, त्यसबारे भ्रम नछर्न पनि ओलीले चेतावनी दिएका थिए । विशेषगरी तीनपटक पार्टी विधान छापिएको बारेमा अब धेरै तर्क नगर्न ओलीले निर्देशन दिएका थिए । ‘अध्यक्षले कर्ण थापाको नामै लिएर अब स्टप गर्नुस् भन्नुभयो’, बैठक स्रोत भन्छ ।

स्रोतका अनुसार आफ्नो भूमिका अझै आवश्यक रहेकाले नै पार्टी विधानबाट ७० वर्षे उमेर हद हटाएर संशोधन प्रस्ताव तयार पारिएको ओलीले बताएका थिए ।

‘आवश्यकता परेकाले मैले नै विष्णु पौडेललाई यस्तो संशोधन प्रस्ताव तयार पार्न भनेको हुँ,’ ओलीले भनेका थिए ।

पार्टीका हरेक निर्णय आवश्यकताका आधारमा हुने र पाँचौं महाधिवेशन यता सधैं आफूले दस्तावेज पेश गर्दै आएको पनि अध्यक्ष ओलीले बताएका थिए ।

‘चौथो बाहेक यताका सबै महाधिवेशनमा मैले दस्तावेज तयार पारेको छु’ ओलीले बैठकमा भएका केही नेताहरूलाई साक्षी मान्दै भनेका थिए, ‘७० वर्षे उमेर हद आवश्यकताका आधारमा राखियो र आवश्यकताकै आधारमा हटाउनु पर्‍यो ।’

यसो भनिरहँदा ओलीले गणतन्त्रको निर्णयमा आफूबारे गलत बुझाइ रहेको पनि बताएका थिए । ‘कांग्रेस तयार नभएसम्म हामीले मात्र गरेर गणतन्त्रमा जाने निर्णय० हुँदैन भनेको हुँ’, ओलीको स्पष्टोक्ति थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमबासी बस्तीमा डोजर चलाउन बन्द गर्न माग

भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)

सम्बन्धित

सुकुमबासी बस्तीमा डोजर चलाउन बन्द गर्न माग

ठमेलमा अनैतिक क्रियाकलापमा संलग्न २० विदेशी महिला पक्राउ

‘काठमाडौं महानगरमा समुदायमा आधारित रोग निगरानी प्रणाली शुरु’

U.S. Congratulates Rabi Lamichhane After Landmark Electoral Victory

भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)

श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा हराएको निवेदन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com