काठमाडौ ४ साउन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा एमालेका सांसदहरूले राष्ट्रिय सभामा संघीय निजामती सेवा विधेयकमा प्रस्तावित संशोधनलाई आपत्तिजनक भन्दै कडा आलोचना गरेका छन्।
उनले यो कदम गठबन्धनको सहमति र समितिमा भएको सर्वसम्मत निर्णयको उल्लंघन भएको बताएका छन्।
कोइरालाले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘गठबन्धनका दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मति विपरीत यसरी आफ्ना सांसदहरूलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र मात्र नभई उसले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई दिएको धोका हो।’
उनले नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्ने र सबै मिलेर एमालेले हालेको संशोधन पास हुन नदिनुपर्नेमा जोड दिएका छन्।
‘कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ,’ कोइरालाले भनेका छन्, ‘कोही दुविधामा नपरे हुन्छ।’







प्रतिक्रिया दिनुहोस्