ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिवि मानवशास्त्र विभागको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन शुरू


abc news

काठमाडौ ४ साउन । त्रिभुवन विश्वविद्यालय त्रिवि को मानवशास्त्र र समाजशास्त्र विभाग छुट्टिएपछि पहिलो पटक मानवशास्त्र विभागले आयोजना गरेको नेपाल तथा हिमालको मानवशास्त्रसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन शुरू भएको छ ।

ललितपुरमा आजदेखि शुरू भएको सम्मेलनमा मानवशास्त्रभित्रका संस्कृति, यसभित्रका विभेद, जीवनपद्धति तथा नयाँ खालका ज्ञानका बारेमा छलफल भइरहेको आयोजक मानवशास्त्र विभागका प्रमुख प्रा। डा। विनोद पोखरेलले बताउनुभयो । उहाँका अनुसार सम्मेलनमा जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकसम्मलाई समेटेर उनीहरूका फरक बुझाइको सम्मान गर्न पनि यो सम्मेलन महत्त्वपूर्ण रहेको छ ।

सम्मेलनमा त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभागका प्रा। सुरेश ढकालले मानवशास्त्रले मानवका शारीरिक, सांस्कृतिक, सामाजिक, भाषिक, मनोवैज्ञानिकलगायतका बृहत् विषयमा अध्ययन गर्ने र यो समयसँगै परिवर्तन हुँदै गएको बताउनुभयो ।

मानवको उत्पत्तिदेखि वर्तमान अवस्थासम्मका सम्पूर्ण सामाजिक–सांस्कृतिक विषयवस्तुहरूको अध्ययन गर्नुका साथै यसमा आएका परिवर्तन र यसले ल्याएका चुनौतीलगायतका बारेमा पनि सम्मेलनमा बहस हुने विभागका एशोसिएट प्रा। डा। जनक राईले स्पष्ट पार्नुभयो ।

मानवशास्त्रका विभिन्न पक्षहरूको अध्ययन गर्ने क्रममा यसमा समयसँगै कोलाहालपूर्ण परिवर्तन भई विकासे ९हाइब्रिड० संस्कृति भित्रिसकेकोमा सचेत रहन पृथ्वीनारायण क्याम्पसका मानवशास्त्री प्रकाश उपाध्यायले आग्रह गर्नुभएको छ ।

सम्मेलनमा त्रिभुवन विश्वविद्यालय, काठमाण्डौ विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयलगायत विश्वभरका ३० वटा विश्वविद्यालयका प्राध्यापक, अध्ययनकर्ता, सोधकर्ता र विद्यार्थीहरू गरी ३ सय जनाभन्दा धेरैको सहभागिता रहेको छ ।

सम्मेलन अवधिभर मानवशास्त्रसँग जोडिएका सामाजिक मूल्य–मान्यता, धर्म र संस्कार, जलवायु परिवर्तन, कृषि, सडक, सङ्गीत, दीर्घरोग, मानसिक स्वास्थ्य, प्राकृतिक स्रोत, जातीय विभेद, आदिवासीको ज्ञान र सीप तथा एआईले संस्कृतिमा ल्याएको कोलाहालपूर्ण अवस्थालगायतका ९० भन्दा बढी कार्यपत्र प्रस्तुत भइरहेको आयोजकले जनाएको छ ।

मानवीय संस्कृतिको अध्ययन गर्ने क्रममा मानवशास्त्रले मानवको शारीरिक, भाषिक, पुरातात्त्विक र सामाजिक–सांस्कृतिक पक्षहरूको अध्ययन गर्ने भए पनि यसको केन्द्रीय विषयवस्तु भनेको संस्कृति नै रहेको सहभागि विज्ञहरूले बताएका छन् ।

२०७२ साल असारमा त्रिभुवन विश्वविद्यालयको एउटै विभागमा रहेका समाजशास्त्र र मानवशास्त्र विषय छुट्टाछुट्टै विभागमा रहने निर्णय भएको थियो । यी दुई विषयलाई छुट्टाछुट्टै विभागमा राख्न अध्ययन गरेको गठित कार्यदलले विभाग छुट्याउन सुझाव दिएपछि सामाजिकशास्त्र सङ्काय अन्तर्गत रहेको समाजशास्त्र तथा मानवशास्त्र विभाग छुट्टिएर पढाइ हुन थालेको हो ।

मानव जातिको विकास तथा विकासक्रमको अध्ययन गर्ने शास्त्र मानवशास्त्र सन् १९८० को दशकदेखि त्रिभुवन विश्वविद्यालयले संस्थागत रूपमा अध्यापन गर्न थालेको हो । त्रिभुवन विश्वविद्यालयले शुरू गरेको समाजशास्त्र–मानवशास्त्र विधा अहिले अन्य विश्वविद्यालयमा पनि फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com