काठमाडौ ४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी पदाधिकारी हेरफेरको विवरण अद्यावधिक गर्न विलम्व गरेको बारेमा निर्वाचन आयोगमा गएर जानकारी लिएको छ।
आइतबार पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीसहित पार्टीको कानुन विभागका सदस्यहरुले आयोगमा पुगेर यसबारे चासो राखेका हुन्। निर्वाचन आयोगका कार्यकारी प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँगको छलफलपछि आयोगले आफूहरुले अद्यावधिक गरिरहेको जानकारी दिएको महामन्त्री बुर्लाकोटीले बताए।
‘पार्टीको कानून विभागका कानुन व्यवसायी साथीहरुसहित आउनुको कारण निर्वाचन आयोगले पार्टीको पदाधिकारी हेरफेरको विवरण अद्यावधिक गर्न विलम्व गरेको अवस्था देखियो,’ बुर्लाकोटीले भने, ‘यो विलम्व नगर्नुपर्ने, यसमा केही कैफियत छ की त भनेर कुरा राख्न आएका थियौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुखलाई सचिवहरूसहित छलफल गरेका छौँ। पार्टीबाट बुझाइएका विवरणहरु सबै पुगेको छ भन्ने जानकारी गराउनु भयो। हामीले २०८१ असार १७ गतेदेखि विवरण बुझाएको र विवरण हेरफेर भएका कुरा पटक पटक बुझाइरहेका छौँ। किन विलम्व भयो भन्नेकुरा गर्दा गर्दैछौँ भन्नेकुरा आयो।’
अद्यावधिकको क्रममा द्रुत गतिमा अघि बढ्नुपर्ने माग आफूहरुले राखेको बताए।







प्रतिक्रिया दिनुहोस्