ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वराष्ट्रपति भण्डारी एमालेमा फर्किनु जबजविरोधी कुरा हो – बाबुराम भट्टराई


abc news

काठमाडौ ३ साउन । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी नयाँ शक्ति अध्यक्ष बाबुराम भट्टराईले पूर्वराष्ट्रपति विद्या भण्डारी नेकपा एमालेमा फर्किनु ठिक नहुने बताएका छन्।

उनले पूर्वराष्ट्रपति तथा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन आफ्ना मातृ पार्टीमा पुनस् आबद्ध र क्रियाशील हुनु संघीय लोकतान्त्रिक गणतन्त्रको स्वास्थ्य, मर्यादा र दिगोपनका लागि नै गम्भीर विषय भएको टिप्पणी गरेका हुन्।

त्यसमा पनि पूर्वराष्ट्रति भण्डारी जबजुकै रक्षा निम्ति पुरानो पार्टीमा फर्किन लागेको हो भने त त्यो ुजबजुको स्पिरिटविरोधी कुरा हुने र त्यसले एमाले र समग्र कम्युनिस्ट आन्दोलनकै लागि अन्योल सिर्जना गर्ने दाबी भट्टराईले गरेका छन्।

उनले शनिबार लामो वक्तव्य जारी गर्दै भनेका छन्, ‘उहाँहरूमा पुरानै शैलीको एकल दलीय(राज्य पार्टी स्टेट को धङधङी कायम रहेको हो भने त्यो सही र उपयुक्त हुन्न। झन् जबजुको रक्षा निम्ति पुरानो पार्टीमा फर्कन लागेकोु भन्ने पूर्वराष्ट्रपतिको मिडियामा आएको भनाइ सत्य हो भने त त्यो आफैँमा जबजुको स्पिरिटविरोधी कुरा हुन्छ। त्यसले एमाले र समग्र कम्युनिस्ट आन्दोलनको अग्रगामी रूपान्तरणमा अन्योल र संशय मात्र बढाउँछ। त्यसरी नै पूर्वउपराष्ट्रपतिको कदमले माओवादीको रूपान्तरणमा योगदान हैन, नोक्सान गर्न सक्छ।’

यस्तो छ बाबुराम भट्टराईको पूरा वक्तव्य

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको क्रमशः आफ्ना मातृ पार्टीहरू एमाले र माओवादी केन्द्रमा औपचारिक आबद्धता र क्रियाशीलताले देशमा र सम्बन्धित पार्टीहरूभित्र बहस र विवाद सिर्जना हुनु हाम्रो शिशु संघीय लोकतान्त्रिक गणतन्त्रको स्वास्थ्य, मर्यादा र दिगोपनकालागि गम्भीर विषय हो।

यो मुद्दा अब सम्बन्धित पार्टी र तीभित्रका गुट(उपगुटहरूको लाभहानि र चासोको विषय मात्र नरहेर देशको राष्ट्रिय हित, लोकतान्त्रिक गणतन्त्रको मर्म , हाम्रो शासकीय प्रणालीको चरित्र र नेपालका ुकम्युनिस्टु पार्टीहरूको वैचारिक(राजनीतिक प्रतिबद्धतासँग समेत जोडिएको सार्वजनिक महत्त्वको विषय बन्न पुगेको छ।

१। हाम्रो संविधान र कानुनले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिले कार्यकाल पूरा गरेपछि राजनीतिक दलमा लाग्न पाउनेरनपाउने वा कुनै राजकीय पदमा बस्न हुनेरनहुने भन्नेबारे केही नभनेकाले यो विषय कानुनीभन्दा पनि नैतिक, राजनीतिक र राष्ट्रिय हितको विषय हो। कतिपय कानुनले नबोलेका विषयहरूमा नैतिक मूल्यमान्यता, सार्वजनिक हित र राष्ट्रियरअन्तर्राष्ट्रिय परम्परा वा अभ्यास महत्त्वपूर्ण र निर्णायक मानिन्छन्।

हाम्रोजस्तो भर्खरै वंशानुगत राजतन्त्रको अन्त्य गरेर लोकतान्त्रिक गणतन्त्रको राष्ट्रप्रमुख वा सम्पूर्ण देश, जनता र दलहरूको अभिभावकको रूपमा निर्वाचित संवैधानिक राष्ट्रपतिको व्यवस्था गरेको मुलुकमा सुरुसुरुका राष्ट्रपतिहरू र उपराष्ट्रपतिहरूले कस्तो परम्परा कायम गर्छन् भन्ने कुराले दीर्घकालीन महत्त्व राख्छ। अर्थात् कानुनी भाषामा नजिर कायम गर्छ।

भारतलगायतका विश्वभरका संवैधानिकरसेरेमोनियल राष्ट्रपति भएका लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकहरूमा पूर्वराष्ट्रपतिहरू ९उपराष्ट्रपतिहरू समेत० अवकाशपछि राजनीतिक दलहरूमा आबद्ध भएर काम गर्दैनन्। उदाहरणार्थ( भारतका पहिलो राष्ट्रपति डा। राजेन्द्रप्रसाद स्वतन्त्रता आन्दोलनको बेला नेहरू, पटेल आदिकै हाराहारीका भारतीय कांग्रेसका वरिष्ठ नेता र ठूला विद्वान् थिए तर अवकाशपछि कुनै दलीय राजनीतिमा लागेनन्। पछिल्लो चरणका कांग्रेसका वरिष्ठ नेता प्रणव मूखर्जी पनि पार्टीमा फर्किएनन्। संसारभर यस्ता थुप्रै उदाहरणहरू छन्।

२। हाम्रो संविधानले राष्ट्रपतिलाई प्रधानमन्त्री र मन्त्रीपरिषद्कै निर्णयअनुसार कार्य गर्ने गरी सेरेमोनियल भने पनि देश र जनताको सर्वोच्च अभिभावकको रूपमा निकै महत्त्वपूर्ण र सम्मानित स्थान दिएको छ। अधिकार र कर्तव्य तोकेको छ। उपराष्ट्रपतिबारे धेरै नबोले पनि धारा ६७ ९२० मा राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिनेछू भनेर राष्ट्रपतिकै हाराहारीको जिम्मेवारी र सम्मान दिएको छ।

संविधानतः राष्ट्रपति पदको गरिमा, महत्त्व र उच्च स्थानबारे गम्भीरतापूर्वक निम्न कुरा मनन गरियोस्स्

(धारा ६१ ९२०, ९३० र ९४०मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुनेु, राष्ट्रिय एकताको प्रवर्धन गर्नेुस संविधानको पालना र संरक्षण गर्नेुस

(धारा ९३ ुसंसद्‌को अधिवेशनको आह्वान र अन्त्यु

(धारा ९५ ९२० संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनु

(धारा ११३ विधेयकमा प्रमाणीकरणु

(धारा २६७९२०स् राष्ट्रपति नेपाली सेनाको परमाधिपतिु

(धारा २७३९१०स् संकटकालीन अवस्थाको घोषणाु

(धारा २७६ सजायलाई माफी, मुल्तवी, परिवर्तन वा कमु

(धारा २७७ उपाधी, सम्मान र विभूषणु

(धारा २८२ राजदूत र विशेष प्रतिनिधिको नियुक्तिु

(धारा३०५ बाधा अड्काउ फुकाउने अधिकारु, आदि।

यी सबै संवैधानिक राष्ट्रपतिले राष्ट्राध्यक्ष र देशको अभिभावकको हैसियतले दलीय स्वार्थ र आबद्धताभन्दा माथि उठेर निष्पक्ष ढंगले निर्वाह गर्नुपर्ने अधिकार र कर्तव्य हुन्। मनमा दलीय संकीर्णता र स्वार्थ बोकेर र भोलि कुनै दलमा फर्कनुपर्छ वा फर्कनेछु भन्ने आग्रह बोकेर गर्ने वा गर्न सकिने कार्य यी किमार्थ हैनन्।

राष्ट्राध्यक्षले पार्टीको आबद्धता र क्रियाशीलता कायम राख्ने हो भने हाम्रो विद्यमान शासकीय प्रणालीलाई बदलेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिरउपराष्ट्रपति प्रणालीमा जाने हिम्मत गर्नैपर्छ। त्यसको छुट्टै विमर्श हुने स्वयंसिद्ध छ।

३। नेपालको सन्दर्भमा अर्को असाध्यै महत्त्वपूर्ण र संवेदनशील वैचारिक(राजनीतिक प्रश्न पनि यहाँ जोडिन आउँछ। संयोगले भनौँ( पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति दुवै भिन्नभिन्न दलमा आबद्ध तर एउटै कम्युनिस्टु वैचारिक(राजनीतिक दर्शन अनुशरण गर्ने व्यक्तित्वहरू हुनुहुन्छ। अहिले व्यवहार र भनाइमा केही फरक देखिए पनि एमालेु अर्थात् एकीकृत मार्क्सवादी(लेनिनवादीु भनेको सन् साठी र सत्तरीको दशकको माओवादीु नै हो। त्यतिबेला रुस र चीनका कम्युनिस्ट पार्टीहरूबीच ठूलो विवाद ग्रेट डिबेट० हुँदा चीन अथवा माओ समर्थक कम्युनिस्ट पार्टीहरूले आफु भिन्न र बढी क्रान्तिकारी देखिन पार्टीको नाम पछाडि कोष्ठमा मार्क्सवादी(लेनिनवादीु अथवा मालेु लेख्न थालेका हुन्। जस्तैस् नेकपा माले०, भाकपा माले आदि।

सन् असीको दशक अथवा माओको मृत्युपछि पुराना मालेुहरू पनि संसद्‌वादी सुधारवादी धारमा जान थालेपछि सशस्त्र क्रान्ति पक्षधर संसारभरका कम्युनिस्टहरूले आफ्नो पार्टीको नाम पछाडि कोष्ठमा माओवादीु लेख्न थालेका हुन्। जस्तैस् नेकपा माओवादी०, भाकपा माओवादी० आदि। तर अहिले नेपालको माओवादी पनि संघीय लोकतान्त्रिक गणतन्त्रको प्राप्तिसँगै शान्तिपूर्ण राजनीतिमा आएपछि एमाले र माओवादीमा तात्विक अन्तर रहेको छैन।

यहीँनेर हाम्रा पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई अहिले ठूलो वैचारिक संकट र अन्योल परेको हुनसक्छ। शास्त्रीय मार्क्सवाद(लेनिनवाद(माओवादुले राज्युलाई अमुक वर्गीय अधिनायकत्वको साधन मान्छ। कम्युनिजम्अ र्थात् वर्गविहीन, राज्यविहीन समाजसम्म पुग्नको लागि विद्यमान पुँजीपतिवर्गको अधिनायकत्व भएको राज्यको स्थानमा बीचको कालखण्डभरि सर्वहारा अर्थात् श्रमिक वर्गको एकल वा उसको नेतृत्वमा विभिन्न मध्यवर्ती वर्गहरूको अधिनायकत्व वा वर्चस्व भएको राज्य चाहिन्छ भन्छ। त्यस निम्ति ुराज्यु र ुदलुको नेतृत्व एकै ठाउँमा अन्तरघुलन हुने वा हुनुपर्ने आग्रह गर्छ। विशेषतः स्टालिनको पालादेखि संस्थागत हुँदै आएको परिपाटी हो यो।

पहिले युरोपका ुयूरो(कम्युनिस्टुहरूले, पछि नब्बेको दशकमा मदन भण्डारीको नेतृत्वमा ुजनताको बहुदलीय जनवादु ९जबज० को रूपमा एमालेले र सन् २००३ मा केही भिन्न रूपमा ुएक्काइसौँ शताब्दीमा जनवादको विकासुको नाउँमा माओवादीले एकदलीय पुरानो कम्युनिस्ट प्रणाली सट्टा बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली अंगीकार गरिसकेको अवस्था हो। त्यही विकसित वैचारिक(राजनीतिक सोचअनुसार वर्तमान नेपालको संविधान बनेर हाम्रा पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिले आआफ्नो राजकीय कार्यभार सम्हाल्नुभएको हो।

यो स्थितिमा उहाँहरूमा पुरानै शैलीको एकल दलीय(राज्य ९पार्टी स्टेट० को धङधङी कायम रहेको हो भने त्यो सही र उपयुक्त हुन्न। झन् ुजबजुको रक्षा निम्ति पुरानो पार्टीमा फर्कन लागेकोु भन्ने पूर्वराष्ट्रपतिको मिडियामा आएको भनाइ सत्य हो भने त त्यो आफैँमा ुजबजुको स्पिरिटविरोधी कुरा हुन्छ। त्यसले एमाले र समग्र कम्युनिस्ट आन्दोलनको अग्रगामी रूपान्तरणमा अन्योल र संशय मात्र बढाउँछ। त्यसरी नै पूर्वउपराष्ट्रपतिको कदमले माओवादीको रूपान्तरणमा योगदान हैन, नोक्सान गर्न सक्छ।

४। नेपालमा अहिले एक थान अरू पुरानै संकीर्ण र रूढिवादी सोच र शैलीका ुनेताहरूु ९लिडर्स० हैन, अग्रगामी नयाँ सोच र शैलीका गतिशील ुराजनेताहरूुको टड्कारो खाँचो छ। देशको जटिल भूराजनीति, आन्तरिक राष्ट्रिय विविधता, चरम आर्थिक गतिहीनता र परनिर्भरता, भ्रष्टाचार र कुशासनको दुष्चक्र, आम निराशा र पलायनको प्रवृत्तिलगायतका समस्यालाई छिचोल्दै नयाँ युवा र आम जनतालाई तीव्र समृद्धि र अग्रगमनको दिशामा डोर्‍याउने भिजिनरी मार्गदर्शकहरूको खाँचो छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com