ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वामदेव र माधव सम्झिँदै कर्ण थापाले भने- न्याय र सत्यको लडाइँ जारी छ


abc news
श्रावण ३, २०८२ शनिबार  ४ : १५ बजे

काठमाडौ ३ साउन । ७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने व्यवस्था विधानबाट हटाउने सचिवालय निर्णय पुनर्विचार गर्न माग गरिरहेका एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले आफ्नो अडान दोहोर्‍याएका छन्।

एमाले केन्द्रीय कार्यालय च्यासलमा जारी पोलिटब्युरो बैठकअन्तर्गत दोस्रो दिनको छलफलमा सहभागी हुनुअघि थापाले सामाजिक सञ्जालमार्फत ‘न्याय र सत्यको लडाइँ जारी रहने’ बताएका हुन्।

यस्तो छ उनको पूरा स्टाटसस् न्याय र सत्यको लडाइँ जारी छ। जारी रहनेछ। वामदेव, सीपी, आरकेहरूले माधव नेपाललाई महासचिवबाट हटाउन खोज्दा माधव जोगाउन लडियो। माधवले पार्टी शक्तिको दुरूपयोग गरि केपी, शंकर, प्रदीप, गुरु बराल, देवराज घिमिरेहरूलाई किनाराकृत र अपमान गर्दा माधवको विपक्षमा लडियो। कमरेड केपीलाई अध्यक्ष बनाउन शून्यबाटै सुरु गरियो। सफलताको शिखरसम्म पुर्‍याउन धेरैको योगदान रह्यो, म अविचलित साथमा रहेँ। म कमरेड केपीको सातौँ, आठौँ र संसदीय दलको नेता हुने निर्वाचन प्रतिनिधि रहेँ।

राजा वीरेन्द्र जीवितै हुँदा म वीरेन्द्र भन्दा ६ वर्ष जेठो हुँ भन्ने अन्तर्वार्ता प्रकाशन भएपछि राजा हुन पाउने रवीन्द्रको हक खोसिनु हुन्नथ्यो भनेर जनआस्था साप्ताहिकमा लेख नै लेखियो। त्यो लेख दरबारको नोटिसमा पर्‍यो। २०१५ सालको एसएलसी टपर प्रकाश चन्द लोहनी होइनन्, प्रकाशचन्द्र जोशी भन्ने तथ्यमा म उभिएको हो। प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले एमालेलाई अपमान गर्दा उनको विरुद्वमा पनि लेखियो, मानहानिको मुद्दा भने खेप्नु परेन। यी केही दृष्टान्त मात्रै हुन्। यस समयसम्म आइपुग्दा अनेकौँ भोगाइहरू छन्। सत्य र न्यायको पक्षमा लडिरहने मेरो रोजाइ हो। म जे हुँ, त्यति बुझिदिए मलाई पुग्छ। षड्यन्त्र र दाउपेचलाई घृणा गर्छु। सही कुरा नबुझी, समर्थन वा विरोध नगर्न सबैमा अनुरोध छ।

यसैबीच जारी पोलिटब्युरो बैठकमा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले पार्टी र नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा लेख्नेलाई कारबाही गरिनुपर्ने आवाज उठाएका छन्।

अहिले पोलिटब्युरो बैठकमा विधान संशोधनको प्रस्तावमा नेताहरूले धारणा राख्ने क्रम चलिरहेको छ।

पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बैठक आजै सकाउने तयारी रहेको जानकारी दिए।

‘अहिलेसम्म ६ जनाले बोलिसके’, उनले भने, ‘आजै बैठक सकाउने तयारी छ।’

बैठकको पहिलो दिन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रस्ताव पेस गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेनजी आन्दोलन : गुप्तचर र सुरक्षा निकाय पूरै ‘अन्धो’ रहेको आयोगको ठहर(पूर्णपाठ)

सामाजिक सञ्जालमा पेट्रोल बमको छलफल, सुरक्षा निकायलाई थाहै भएन

सम्बन्धित

जेनजी आन्दोलन : गुप्तचर र सुरक्षा निकाय पूरै ‘अन्धो’ रहेको आयोगको ठहर(पूर्णपाठ)

सामाजिक सञ्जालमा पेट्रोल बमको छलफल, सुरक्षा निकायलाई थाहै भएन

प्रहरी अधिकारीको बयान : प्रदर्शनकारी संसद् भवनमा छिरेपछि सेनाको टोली हतियारसहित बाटो लाग्यो प्रदर्शनकारीले बञ्चरो, गुलेली र पेट्रोल बमले आक्रमण गरे

रवि लामिछाने , नख्खु कारागारका जेलर सत्यराम जोशी र तत्कालीन गृहमन्त्री रमेश लेखकको बयानमा के छ ?

कार्की आयोगको प्रतिवेदनमा देउवा, प्रचण्ड, बालेन र ओलीको बयान : ‘मेरो घरमा पैसा भेटिएको भिडियो एआई जेनेरेटेड हो’–देउवा

यी हुन् कार्की आयोगको कारबाही सिफारिसमा परेका सेना, प्रहरी, सशस्त्र प्रहरी र गुप्तचरका उच्च अधिकारीहरू (विस्तृत सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com