काठमाडौ ३ साउन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक भारत(पाकिस्तान युद्ध आफूले रोकेको दाबी गरेका छन्।
यस क्रममा उनले दुई देशबीच त्यसबेला भएको लडाइँमा पाँचवटा जेट विमान खसालिएको दाबी पनि गरेका छन्।
उनले भनेका छन्, ‘मलाई लाग्छ( भारत(पाकिस्तान युद्धमा पाँचवटा जेट विमान साँच्चै खसालिएका थिए।’
तर उनले कुन देशका विमानहरू खसालिएका थिए भन्ने कुरा स्पष्ट पारेनन्।
ट्रम्पले ह्वाइट हाउसमा रिपब्लिकन सांसदहरूसँगको रात्रिभोजमा उक्त दाबी गरेका हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम आफूले गराएको भनेर अहिलेसम्म २४ पटक भनिसकेका छन्।
सबैभन्दा पहिले उनले यो दाबी मे १० मा सामाजिक सञ्जालमार्फत गरेका थिए। तर भारतले पाकिस्तानसँगको युद्ध रोकिनुमा कुनै अर्को देशको भूमिका अस्वीकार गरिरहेको छ।
त्यस बेला पाकिस्तानले ५ वटा भारतीय विमान खसालेको दाबी गरेको थियो भने भारतले पनि केही पाकिस्तानी विमान खसालेको बताएको थियो।







प्रतिक्रिया दिनुहोस्