ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश १: आर्थिक विधेयक पारित


admin
चैत्र १९, २०७४ सोमबार  ६ : २० बजे

विराटनगर, १९ चैत । प्रदेश नं १ को आज बसेको प्रदेशसभाको बैठकले संशोधनका लागि टेबुल गरिएको प्रदेश आर्थिक कार्यविधि विधेयक, २०७४ लाई सर्वसम्मत रुपमा पारित गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले टेबुल गरेको सो विधेयक सर्वसम्मत पारित गरिएको हो । यसअघि सो विधेयकको १ देखि ६४ सम्मको धारा, नाम र प्रस्तावना विधेयकको अंग बनोस् भनी राखिएको प्रस्तावपनि सर्वसम्मत ढंगले पारित भएको छ ।

प्रदेशसभाको आजको शून्य समयमा ११ जनाले आआफ्ना जिल्लाका नदी कटान, सुकुम्बासी, भूकम्पपीडित र बाढीपीडितका समस्या, सडकको दुरवस्था आदि विषयमा ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभा सदस्य सावित्राकुमारी रेग्मीले बाली काट्नुअगावै सरकारद्वारा समर्थन मूल्य तोक्नुपर्ने र ऋण लिएका किसानलाई बाली काट्ने अवधिसम्मको व्याजमा सरकारलाई अनुदान दिनुपर्ने माग गर्नुभयो ।

पूर्णप्रसाद राईले गत पुस ३० गते संखुवासभामा सडक दुर्घटनामा निधन भएका मकालु गाउँपालिका अध्यक्षका परिवारका सदस्यलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो । विमल कार्कीले उदयपुरका चुनढुंगा खानीलाई उपयोगमा ल्याउन माग गर्नुभयो ।

प्रदेशसभा सदस्य कुसुमकुमारी श्रेष्ठले धनकुटाबाट पूर्वी जिल्ला जाने सडकको मर्मतका साथै पहाडी जिल्लाका लागि धनकुटामा यातायातका कार्यालय स्थापनाको माग गर्नुभयो । झलकबहादुर मगरले झापाको सतासीधाम, धर्मपुर, शिवगञ्ज, धर्मपुरलगायत कटानबाट प्रभावित गाउँमा ठोस रुपमा नदी नियन्त्रण र धनीपुर्जा, खानेपानीलगायत समस्या समाधानको माग गर्नुभयो ।

कृष्णकुमारी राईले सुकुम्बासी र विन्द्या कार्कीले बाढीपीडित परिवारका समस्या ध्यानाकर्षण गराउनुभयो । मोहनकुमार खड्काले ओखलढुंगाको सुख्खाबाट प्रभावित क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्र घोषित गर्नुपर्ने र भूकम्पबाट क्षति भवनको पुनःनिर्माणको कार्यमा तीव्रता ल्याउन तथा यशोदा अधिकारीले मोरङको मावा खोलामा अवैध गिट्टी र बालुवाको उत्तखननका विषयमा ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभाको अर्को बैठक यही चैत २८ गते अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

पाँचथरमा नयाँ उम्मेदवारहरूबीच तीव्र चुनावी भिडन्त : पुराना अनुहारहरू बाहिरिए, १५ दल मैदानमा

झापा –५ः ओली र बालेन्द्रले बनाउन खोजेका भाष्यहरु कस्ता छन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com