काठमाडौ ३१ असार । नेकपा एमालेकी सचेतक सुनिता बरालले राप्रपका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद्मा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेकी छिन्।
मंगलबारको बैठकमा राप्रपा सांसद शाहीले ‘भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा आउनु’ भन्ने अभिव्यक्ति दिएका थिए। त्यसप्रति बरालले निमापत्ति गर्दै रेकर्डबाट हटाउन माग गरेकी हुन्।
‘यो संसदमा जे पनि बोल्न पाइने र जस्तो पनि आरोप लगाउन पाइने जुन प्रवृत्ति र जुन अभ्यास बढिरहेको छ’, उनले भनिन्, ‘पूर्ववक्ता माननीयले जसरी सरकारको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्रीको नामै उल्लेख गरेर संगीन आरोप लगाउनुभयो। यो विषयमा हाम्रो दलको गम्भीर ध्याषकर्षण भएको छ। यो विषय रेकर्डबाट हटाइनुपर्छ।’







प्रतिक्रिया दिनुहोस्