काठमाडौ ३१ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का प्रमुख सचतेक ज्ञानबहादुर शाहीले भ्रष्टाचार आरोपी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल पक्राउ गरी छानबिन गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद शाहीले सार्वजनिक भएको मन्त्रीको अडियो प्रकरणको छानबिनका लागि मन्त्रीलाई प्रक्राउ गर्न माग गर्न माग गरे।
शाहीले वर्तमान सरकारले भ्रष्टाचार गरेर विश्व किर्तिमान राखेको व्यंगात्मक टिप्पणी पनि गरे। ‘पहिले पहिले एउटा चलन थियो, अहिले पनि छ– ज्ञान नपाए काँशी जानू, न्याय नपाए गोरखा जानू, भ्रष्टाचार गर्न नपाए केपी ओली सरकारको क्याबिनेटमा आउनू,’ उनले भने, ‘मन्त्रीको अडियो टेप आएको छ, पैसा बुझाएको छ, मन्त्रीले राजीनामा दिएर स्वीकृत हुन्छरु हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग बनाएका छौं यो देशमा। आयोगले के गरेर बसेको छ ?
शाहीले थपे, ‘मन्त्रीले राजीनामा दिने बित्तिकै समस्या समाधान हुन्छन्रु मन्त्रीलाई तत्काल पक्राउ गरियोस् र छानबिन गरियोस्। त्यति मात्र होइन अन्य मन्त्रीमाथि पनि छानबिन गरियोस्।’







प्रतिक्रिया दिनुहोस्