ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने


abc news

काठमाडौ ३० असार । स्पेनको सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी बनाएर असम्बन्धित व्यक्तिलाई लैजाने गिरोह विरुद्ध प्रहरीमार्फत अनुसन्धान हुने भएको छ ।

सोमबार दिउँसो १ बजे गृहमन्त्री रमेश लेखकले बोलाएको बैठकले प्रहरीमार्फत यो मामिलामा अनुसन्धान अघि बढाउने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक अधिकारीका अनुसार प्रारम्भिक जाँचबुझमा असम्बन्धित व्यक्तिहरू समेत गएको हुनसक्ने देखिएपछि त्यसबारे विस्तृत छानबिन गर्न गृहमन्त्री लेखकले निर्देशन दिएका थिए ।

प्रहरी महानिरीक्षक ९आईजीपी० दीपक थापाले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी० र त्यसअन्तर्गत रहेको मानवबेचबिखन अनुसन्धान ब्यूरोले यो मामिलामा जानकारी संकलन गर्ने काम सुरु गरिसकेको ब्रिफिङ सुनाएका थिए ।

‘त्यसक्रममा प्रहरीलाई थप अनुसन्धान गर्ने जिम्मा दिने र अध्यागमनले त्यसमा सहयोग गर्ने निर्णय भयो’, ती अधिकारीले भने ।

उनका अनुसार स्पेनको सेभियामा ३० जुनदेखि २ जुलाइसम्म चलेको सम्मेलनमा सहभागी गराउने र त्यहीँ बस्ने व्यवस्था मिलाउने भन्दै रकम असुली गरेर असम्बन्धित व्यक्तिहरु विदेश पठाएको हुनसक्ने देखिएपछि त्यो अवधिमा भिजिट भिसामा जाने सबैको विवरण जाँच गर्ने तयारी छ ।

‘त्यसबेला गएका सबै व्यक्तिहरु फर्किए नफर्किएको जाँच हुनेछ, त्यसपछि प्रहरीबाट उनीहरूलाई पठाउने गिरोहबारे समेत अनुसन्धान हुनेछ’, ती अधिकृतले भने ।

१४ असारमा प्रधानमन्त्री केपी शर्मा ओली समेत स्पेनका लागि उडेकै विमानमा पनि कतिपयलाई बिचौलियाले मड्रिड लगेका थिए ।

संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त ९फाइनान्सिङ अफ डेभलपमेन्ट० को चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा गैरसरकारी संस्थातर्फबाट सहभागिताका भन्दै उनीहरूको नाम वेबसाइटमार्फत रजिष्ट्रेसन गराइएको थियो ।

त्यसरी दिइएको आवेदनमार्फत उनीहरुको नाममा कार्यक्रमको निम्तो आएको थियो । र, त्यो निम्तो देखाएर उनीहरूले दिल्लीस्थित स्पेनको दूतावासबाट भिसा पाएका थिए ।

पछि भिसा लिएकाहरूको पृष्ठभूमि शंकास्पद देखिएपछि ५५ जनाको सूची एयरलाइन्सका कर्मचारीहरूलाई पठाइएको थियो भने उनीहरूलाई रोक्न भनिएको थियो । त्यसदिन खानेपानीमन्त्री प्रदीप यादवसहित केही अधिकारीहरू सोही कार्यक्रममा सहभागी हुन स्पेन प्रस्थान गर्दै थिए ।

यादवसहितको टोली स्पेन जान लागेका बेला पनि थुप्रै व्यक्तिहरू फर्काइएका थिए । स्पेनमा पुगेका व्यक्तिहरू र प्राप्त कागजातका आधारमा कम्तीमा ७ जना नागरिक कार्यक्रममा नगइ त्यही बसेको देखिन्छ ।

गृह मन्त्रालयमा भएको बैठकमा गृहसचिव गोकर्णमणि दवाडी, आईजीपी दीपक थापा, सीआईबी प्रमुख चन्द्रकुबेर खापुङ, मानव बेचबिखन ब्युरो प्रमुख कृष्ण पंगेनी र अध्यागमन विभाग प्रमुख गोविन्द रिजाल सहभागी थिए । मानवबेचबिखन ब्यूरोका प्रमुख पंगेनीले आइतबार कुरा गर्दै उजुरी आए प्रहरीले यसबारे अनुसन्धान गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com