काठमाडौ ३० असार । राष्ट्रिय परिचय पत्रको सर्भर डाउन हुँदा यतिबेला नारायणहिटी पुगेका सयौं सेवाग्राही अलपत्र परेका छन् ।
प्रहरीले नारायणहिटी परिसरमा रहेको गेटमै नयाँ परिचय पत्र बनाउन जाने सेवाग्राहीलाई रोकेको छ ।
परिचय पत्र लिन लामो समयदेखि लाइनमा बसिपछि मात्रै आफूहरूले सर्भर नचलेको भन्ने जानकारी पाएको सेवाग्राहीहरूले गुनासो गरेका छन् ।
सर्भर डाउन समस्या समाधान कतिबेला हुन्छ भन्नेबारे यकिनका साथ भन्न नसकिने एक कर्मचारीले बताउँछन् ।








प्रतिक्रिया दिनुहोस्