ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री गुप्तासँग घुस संवाद : ‘मन्त्रीज्यू काम गरिदिनुस्, पर्सि मन्त्रालयमै पैसा पठाइदिन्छौं’


abc news

काठमाडौ ३० असार । सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको घुस अडियो दुई दिनअघि सार्वजनिक भयो । कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको थमौतीको विषयमा मन्त्री गुप्तामाथि ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ ।

भूमि व्यवस्था तथा अभिलेख विभाग सम्वद्ध स्रोतका अनुसार, पोखरामा करिव १३५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गर्न केही वर्षदेखि प्रयास भइरहेको छ । यसअघि दर्ता गर्न छुटेको भनी तयार भएको फाइल मालपोत कार्यालयमा पेस भएको थियो ।

मन्त्री गुप्ताले त्यही जग्गा दर्ता गराउने प्रयास गरिरहेको समूहसँग ५३ लाख रुपैयाँ बुझेको अडियो कुराकानी सार्वजनिक भएको हो । मन्त्री गुप्ताले तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीलाई मालपोत कार्यालय कास्कीमा यथावत राखिदिने आश्वासनका साथ घुस लिएका थिए ।

उजुरीकर्ताहरुले मन्त्री गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी गरिसकेका छन् । उनीहरुले मन्त्री गुप्ताले प्रमुख मालपोत अधिकृत रहेका उपसचिवको सरुवा रोकिदिने आश्वासनमा ५३ लाख रुपैयाँ लिएको दाबी गरेका हुन् । उजुरीमा लेनदेन भएको रकमको नम्बर र नोटको बिटोको फोटो समेत छ ।

त्यही समूहसँग मन्त्री गुप्ताले भूमि आयोगको सदस्य बनाउन थप २५ लाख रुपैयाँ लिएको अर्को उजुरी पनि परेको छ । उजुरी दिनेहरुले अडियो समेत अख्तियारमा पठाएका छन् ।

संवादमा के छ ?

अडियो रेकर्ड गर्ने व्यक्ति फोन रेकर्ड सुरु गरेर मन्त्री भएको ठाउँमा पुगेको बुझ्न सकिछ । उनीहरुबिचको कुराकानीमा पछि एकजना महिला प्रवेश गरेको कुराकानीमा सुनिन्छ ।

संवाद र उनीहरुको कुराकानी सुन्दा मन्त्री निवासमै उनीहरुको कुराकानी भएको खुल्छ, किनभने मन्त्रीले उनीहरुलाई सुरुमा रक्सी र पछि माछा खाने प्रस्ताव गरेको सुनिन्छ ।

अडियो रेकर्ड गर्ने व्यक्तिले मन्त्री गुप्तालाई भूमिसुधार मन्त्री बलराम अधिकारीलाई भनेर कुनै व्यक्तिको निर्णय गराइदिन आग्रह गरेको सुनिन्छ । त्यसक्रममा उनले ‘बरु म त्यो २० बुझाइदिउँला, भन्दिनु न बलरामलाई’ भनेका छन् ।

कुराकानीको क्रममा सामान्य प्रशासन मन्त्री गुप्ताले भूमिसुधारमन्त्री बलराम अधिकारीमाथि अरुबाट पैसा लिइसकेको आरोप लगाउँछन् । मन्त्री गुप्ताले भन्छन्, ‘बलरामले ऊसँग पैसा खाइसक्या छ, बलरामले गर्दैन ।’

पोखराका खेमबहादुर पुनलाई भूमि आयोगको सदस्य बनाउनुपर्ने प्रस्ताव गर्दै ती व्यक्तिले सांकेतिक रुपमा फेरि ‘२० बुझाइदिन्छु’ भन्छन् । फेरि ती व्यक्तिले भूमिसुधारमन्त्री बलराम अधिकारीको सयवटा काम सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले गरिदिनुपर्ने भन्दै प्रश्न गर्छन्, ‘तपाईंको एउटा काम पनि नगर्दिएर हुन्छ रु’

जवाफमा मन्त्री गुप्ताले पार्टीको जिल्ला र प्रदेश कमिटीबाट सिफारिस भएर आउनुपर्ने बताउँछन् । पटक–पटक मन्त्रीलाई आग्रह गरेपछि उनले भन्छन्, ‘मन्त्रीज्यू, यसो गर्छुु सुन्नुस्, मैले अहिले १५ छोड्छु, १० चाहिँ बिहान ल्याएर दिन्छु, त्यो अदालतमा ।’

त्यसपछि फेरि ती व्यक्तिले पर्सि सामान्यबाटै गरिदिनुहुन्छ भन्छन् । अर्थात सामान्य प्रशासन मन्त्रालयमै घुस बुझाउने भनेर कुरा टुंग्याउन खोज्छन् ।

भूमि आयोगको कुरा टुंगिएपछि ती व्यक्तिले पोखराको जग्गाको विवाद पनि मिलाइदिन आग्रह गर्छन् । ती व्यक्तिले सांकेतिक रुपमा भन्छन्, ‘पोखराको जग्गाले हामीलाई टुलुटुलु हेरेर बसिरहेको छ मन्त्रीज्यू, हामी यहाँ यसरी बसेर हुन्छ रु’

मन्त्रीले माछा खाने अफर गरेपछि उनले इन्कार गर्दै भन्छन्, ‘अब माझीकुनामा माछा खान जाने हो तपाईंले काम गरेपछि ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com