ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सदन स्थगित गरेर रास्वपा र राप्रपालाई पनि सदनमा आउने वातावरण बनाऔँ- कांग्रेस


abc news

काठमाडौ ३० असार । नेपाली कांग्रेसले जेठ १३ गतेदेखि लगातार सदनमा अवरोध जारी राखेका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि सदनमा निरन्तर सहभागिता जनाउने वातावरण बनाउन सभामुखलाई आग्रह गरेको छ।

सोमबार सभामुख देवराज घिमिरेसँगको छलफलमा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले
सदन स्थगित गरेर संसद्‌मा भाग लिने वातावरण बनाउन आग्रह गरेका हुन्।

रास्वपासँग सहमति गर्न धेरै प्रयास भए पनि नतिजा आएको छैन। केही सातादेखि हामी संवादमा समेत बसेका छैनौँ, उनले भने, अब केही समय संसद् स्थगित गरेर पनि रास्वपा र राप्रपासँग सहमति गरेर संसदमा भाग लिने वातावरण बनाउनुपर्छ। संसद्को ठूलो पार्टीका नाताले नेपाली कांग्रेस आवश्यक सहजीकरणका लागि तयार छ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आफ्नो पार्टी भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनसहितको माग राखेर निरन्तर आन्दोलनमै रहेको बताए।

हामी निरन्तर आन्दोलनमा छौं। महत्वपूर्ण विधेयक नभएको अवस्थामा साउनमा दुई साता बैठक रोकेर सहमतिको वातावरण बनाउनुपर्छ। संसद्लाई सधैं यसरी अघि बढाउँदा राम्रो सन्देश गएको छैनु उनले भने।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सदन सञ्चालनका लागि सभामुखले पहल थाल्नुपर्ने बताए। सरकारलाई सहमतिका लागि अपिल गरिदिनु राप्रपाको अनुरोध छ। बजेट पास अत्यावश्यक थियो, तर नियमित बैठक चौथो र पाँचौ ठूलो दलको अनुपस्थितिमा सञ्चालन गर्नु राम्रो भएनु उनले भने।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने भूमि विद्येयकलाई समितिमा लैजान आग्रह गरे।

सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलका सांसदहरू सदनमा सहभागी नभएको विषयमा ध्यानाकर्षण भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com