ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङको सार्वजनिक फ्ल्याटमा आगलागी, १ जनाको मृत्यु, ३ घाइते


abc news

काठमाडौ ३० असार । सोमबार बिहान हङकङको क्वाइचुङको लाइकिङ स्टेटमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

ओकिङ हाउसको तेस्रो तलाको एकाइमा आगलागी हुँदा ७८ वर्षीय वृद्धको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूमा उल्लेख छ।

दमकल सेवा विभागका सहायक डिभिजनल अधिकारी वोङ चेकलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोष्टले जनाएअनुसार मृतकलाई अग्नि नियन्त्रकको टोलीले उनकै ओछ्यानमा मृत फेला पारेको थियो। उनी तेस्रो तल्लाको यस फ्ल्याटमा एक्लै बस्दै आएका थिए।

वोङले उक्त फ्ल्याट केही अव्यवस्थित रहेको तर आगलागीको कारणबारे भने अनुसन्धान भइरहेको बताए।

झन्डै ६ मिटर लम्बाइसम्म फैलिएको आगो मृतकको ओछ्यान नजिकैबाट सुरु भएको अधिकारीहरूको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

अग्नि नियन्त्रकहरूले भवनबाट एक पुरुष र दुई महिलालाई उद्धार गरेका थिए। उनीहरूको धुवाँले निस्सासिएको अवस्थामा उद्धार गरिएको हो।

तीन जनामध्ये एक पुरुष र महिलालाई अस्पताल लगिएको थियो भने तेस्रो व्यक्तिलाई सामान्य स्वास्थ्य जाँचपछि अस्पताल जानु नपर्ने निष्कर्ष निकालिएको थियो।

घटनापछि भवनका ६० जना बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो।

बिहान ५ बजेतिर लागेको आगो निभाउन घटनास्थलमा १४ वटा दमकल, ६ वटा एम्बुलेन्स र ८१ जना अग्निनियन्त्रक तथा प्यारामेडिक्सको टोली खटिएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com