काठमाडौ ३० असार । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डलबाहेक गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिनुभएको छ ।
मन्त्री लेखकले स्पेन भ्रमणबारे छानबिन गर्न आज गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्रीको प्रतिनिधिमण्डलबाहेक स्पेन को को गए रु कुन विधि प्रक्रिया र कुन संस्थामार्फत स्पेन गए भन्ने विषय छानबिन गर्न निर्देशन दिएको गृहमन्त्रीले बताउनुभयो । स्पेन जान भिजिट भिषाको प्रबन्ध कसले गर्यो रु लगायतका विषयमा अनुसन्धान हुने उहाँको भनाइ छ ।
यस विषयको छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरो खटिनेछ । यस विषयमा दोषी देखिएकालाई कारबाही गरिने गृहमन्त्री लेखकले बताउनुभयो ।
प्रधानमन्त्री ओली यही असार १४ गते स्पेन भ्रमणमा जानुभएको थियो ।








प्रतिक्रिया दिनुहोस्