काठमाडौ ३० असार । मोरङमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
हात्तीको आक्रमणबाट बेलबारी( ८ बाँसबारीकी ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
आइतबार घरनजिकैको खेतमा पानी लगाउन गएका बेला हात्तीले अमिनालाई आक्रमण गरेको थियो।
हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल पठाइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।








प्रतिक्रिया दिनुहोस्