काठमाडौ ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
बैठक साँझ ६ बजेपछि बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस लेनदेनसम्बन्धी विवादित बनेका बेला मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।
प्रधानमन्त्रीको सचिवालयले भने यो बैठक नियमित रहेको बताएको छ। हरेक सोमबार मन्त्रिपरिषद्को बैठक बस्दै आएको छ।








प्रतिक्रिया दिनुहोस्